सीताको चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिंह « Khabarhub

सीताको चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छ : मुख्यमन्त्री सिंह


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताए ।

भारतको उत्तरप्रदेश सरकारअन्तर्गत पर्यटन विभागको आयोजना र जानकी मन्दिर जनकपुरधाम तथा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको सह आयोजनामा जनकपुरधाममा भइरहेको दुई दिने अन्तर्राष्ट्रिय रामायण कन्कलेभमा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

मिथिलामा अवध राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीतको चर्चाबिना पुरा नहुने भन्दै उनले सीतारामसँग जोडिएका ठाउँको विकास तथा प्रवर्द्धन गर्न भारत सरकारले ल्याएको रामायण सर्किट र मधेश प्रदेशले बजेटसमेत विनियोजन गरिसकेको सीता सर्किटलाई जोड्नुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले त्रेतायुगबाट सुरुवात भएको सम्बन्धलाई अहिले निरन्तरतामात्र दिनुपर्ने भन्दै राम मन्दिर निर्माणपछि अयोध्यामा दर्शन गर्न पुग्ने श्रद्धालु भक्तजनहरूलाई जानकी दर्शनका लागि जनकपुरधाम पठाउने वातावरण निर्माण गर्न भारत तथा भारतीय राज्य उत्तरप्रदेश सरकारसँग आग्रह गरे ।

सीताको दर्शनबिना रामको दर्शन अधुरो भएको रामायणकै चर्चा प्रसार हुनुपर्ने र दुवैसँग जोडिएका ठाउँका बारेमा डिजिटल जानकारी प्रवाह हुँदा दर्शनार्थीले सबै ठाउँका बारेमा जानकारी प्राप्त गर्ने तथा रामायणकालीन विचारधाराबाट अवगत हुनेमा जोड दिए ।

उनले भने, ‘सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाह मण्डप लगायतका ठाउँबारे जानकारी संग्रहित श्रव्य दृश्य र लेख्य सामग्री डिजिटल पोर्टल मार्फत रामायण सर्किटसँगै साझा गरिँदा धार्मिक तथा पर्यटन विकासले तीव्रता लिनेछ ।’

उनले नयाँ पुस्तासँग रामायणको आद्योपान्त अध्ययन गर्ने धैर्य नभएको भन्दै रामायणकथालाई साना श्रव्य दृश्य तथा दृश्यमार्फत प्रसार गरिनुपर्ने बताए ।

उनले जनकपुरधामको धार्मिक पर्यटनमा टेवा पुग्ने गरी आफूले एउटा धार्मिक समारोहमा सहभागी हुन अयोध्या भ्रमण गरेको बताए ।

उनले सीतारामको पदगमन र गाथासँग जोडिएका नेपाल, भारत र श्रीलंकाका विभिन्न स्थानमा रामायण चर्चासँगै पौराणिक कथाका बारेमा जागरण तथा खोजअनुसन्धान हुने दृष्टिले रामायण कन्कलेभ महत्त्वपूर्ण भएको औँल्याउँदै ती कुरालाई लिपिबद्ध गर्दै ठाउँ ठाउँमा प्रस्तुत गर्ने उत्तर प्रदेश सरकारको काम सराहनीय भएको प्रस्ट पारे ।

प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले सीता शक्ति र भक्तिको प्रतीक भएको बताउँदै सीता जन्मभूमिमा महिलाको स्थिति कमजोर हुँदा आफूलाई दुःख लाग्ने गरेको बताइन् ।

उनले जानकी भूमिमा महिला हिंसाका घटना अक्षम्य हुने भन्दै नारी सशक्तीकरणका पक्षमा काम हुनुपर्ने उल्लेख गरिन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको कार्यक्रममा भारत तथा नेपालका विद्वान तथा विदुषीहरूले रामार्चा(रामायण चर्चा) गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : १२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था