नेपालमा चिनियाँ भाषा पढ्ने बढ्दै, ज्यापु समाजमा विशेष कार्यक्रम « Khabarhub

नेपालमा चिनियाँ भाषा पढ्ने बढ्दै, ज्यापु समाजमा विशेष कार्यक्रम


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दै गएको छ । विभिन्न विद्यालय र विश्वविद्यालयले लागू गरेको चिनियाँ भाषा कार्यक्रममा नेपालीहरू चासो दिन थालेका हुन् ।

चीनसँग व्यापार, पर्यटन, शिक्षा, संस्कृति, कला, सञ्चारलगायत जनस्तरको सम्बन्ध बलियो हुँदै गएकाले चिनियाँ भाषा अध्ययन गर्नेहरू बढेको बताइएको छ ।

नेपालमा लामो समयदेखि चिनियाँ भाषा सिकाउँदै आएको कन्फ्युसियस इन्स्टिच्युटले २०औँ स्थापना दिवस मनाएको छ ।

ललितपुरको ज्यापु समाजमा विशेष कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै सहभागीहरूले नेपालमा चिनियाँ भाषाको आकर्षण बढेकोमा खुशी व्यक्त गरे ।

दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनस्तरसम्म पुर्‍याउन भाषा र सञ्चार महत्वपूर्ण हुने बताउँदै उनीहरूले त्यसनिम्ति इन्स्टिच्युटको भूमिकाको प्रशंसा गरेका छन् ।

नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेकाले नेपालीले लाभ लिनसक्ने बताए । भाषाकै आधारमा दुई देशका नागरिक आपसमा जोडिँदै गएको पनि उनले बताए ।

कार्यक्रममा ईन्स्टिच्युटका निर्देशक प्रोफेसर डक्टर लि सुआङ्गछङ्ग, नेपाल प्रवासी चिनियाँ संघका अध्यक्ष जीन सियाओडोङ, चाइना सांस्कृतिक केन्द्रकी निर्देशक सियाओ जियाङ, नेपाल स्वयंसेवक शिक्षक संघका अध्यक्ष लिउ युनहाई उपस्थित थिए ।

त्यस्तै, ललितपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्यालयको कन्फ्युसिअस इन्स्टिच्युटका निर्देशक डा. बलराम दुवाल, ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जन, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र साह र सिनो नेपाल सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष ध्रुव पौडेललगायत उपस्थित थिए ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटले नेपाली नागरिकका लागि नि:शुल्क चिनियाँ भाषा कार्यक्रम चलाउँदै आएका छन् ।

कन्फ्युसिअस इन्स्टिच्युट र नेपाल चाइना मिडिया फोरमको आयोजनामा काठमाडौंमा नेपाली पत्रकारका लागि भाषा कक्षा सञ्चालन भइरहेको छ । कार्यक्रममा पाठशाला नेपाल, ख्वप:उच्च मावि, माछापुच्छ्रे स्कूललगायतका छात्रछात्राले सांस्कृतिक प्रस्तुति दिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : १९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच