नेपालमा चिनियाँ भाषा पढ्ने बढ्दै, ज्यापु समाजमा विशेष कार्यक्रम | Khabarhub Khabarhub

नेपालमा चिनियाँ भाषा पढ्ने बढ्दै, ज्यापु समाजमा विशेष कार्यक्रम


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढ्दै गएको छ । विभिन्न विद्यालय र विश्वविद्यालयले लागू गरेको चिनियाँ भाषा कार्यक्रममा नेपालीहरू चासो दिन थालेका हुन् ।

चीनसँग व्यापार, पर्यटन, शिक्षा, संस्कृति, कला, सञ्चारलगायत जनस्तरको सम्बन्ध बलियो हुँदै गएकाले चिनियाँ भाषा अध्ययन गर्नेहरू बढेको बताइएको छ ।

नेपालमा लामो समयदेखि चिनियाँ भाषा सिकाउँदै आएको कन्फ्युसियस इन्स्टिच्युटले २०औँ स्थापना दिवस मनाएको छ ।

ललितपुरको ज्यापु समाजमा विशेष कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै सहभागीहरूले नेपालमा चिनियाँ भाषाको आकर्षण बढेकोमा खुशी व्यक्त गरे ।

दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनस्तरसम्म पुर्‍याउन भाषा र सञ्चार महत्वपूर्ण हुने बताउँदै उनीहरूले त्यसनिम्ति इन्स्टिच्युटको भूमिकाको प्रशंसा गरेका छन् ।

नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले पछिल्लो समय चिनियाँ पर्यटक बढिरहेकाले नेपालीले लाभ लिनसक्ने बताए । भाषाकै आधारमा दुई देशका नागरिक आपसमा जोडिँदै गएको पनि उनले बताए ।

कार्यक्रममा ईन्स्टिच्युटका निर्देशक प्रोफेसर डक्टर लि सुआङ्गछङ्ग, नेपाल प्रवासी चिनियाँ संघका अध्यक्ष जीन सियाओडोङ, चाइना सांस्कृतिक केन्द्रकी निर्देशक सियाओ जियाङ, नेपाल स्वयंसेवक शिक्षक संघका अध्यक्ष लिउ युनहाई उपस्थित थिए ।

त्यस्तै, ललितपुर महानगरपालिकाका शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्याय, त्रिभुवन विश्वविद्यालयको कन्फ्युसिअस इन्स्टिच्युटका निर्देशक डा. बलराम दुवाल, ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जन, नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र साह र सिनो नेपाल सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष ध्रुव पौडेललगायत उपस्थित थिए ।

त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटले नेपाली नागरिकका लागि नि:शुल्क चिनियाँ भाषा कार्यक्रम चलाउँदै आएका छन् ।

कन्फ्युसिअस इन्स्टिच्युट र नेपाल चाइना मिडिया फोरमको आयोजनामा काठमाडौंमा नेपाली पत्रकारका लागि भाषा कक्षा सञ्चालन भइरहेको छ । कार्यक्रममा पाठशाला नेपाल, ख्वप:उच्च मावि, माछापुच्छ्रे स्कूललगायतका छात्रछात्राले सांस्कृतिक प्रस्तुति दिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : १९ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय