छविलालको चलाखीपूर्ण बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे « Khabarhub

छविलालको चलाखीपूर्ण बयान : गोर्खा मिडियामा जीबी रकम ल्याउँथे, रवि खर्च गर्थे

पक्राउ परेपछि मात्रै सहकारीको रकमबारे थाहा पाएको जिकिर


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले ग्यालेक्सी टेलिभिजन चलाउन गोर्खा मिडियामा भित्र्याएको रकमको दोष गितेन्द्रबाबु राई र रवि लामिछानेलाई लगाएका छन् ।

सूर्यदर्शनबाट ग्यालेक्सी टेलिभिजनका लागि जीबीले भित्र्याएको भनिएको ५ करोड भन्दा धेरै रकमबारे आफूलाई प्रहरीले गत असोज ६ गते पक्राउ गरेपछि मात्रै थाहा पाएको बयान उनले दिएका हुन् ।

गोर्खा मिडियामा जीबी अध्यक्ष हुँदा रवि प्रबन्ध निर्देशकको भूमिमा थिए । छवि भने यी दुवैजनको लगनी साझेदारका रुपमा गोर्खा मिडियामा जोडिएका थिए ।

छविलालले आफूलाई जोगाउने गरी चलाखीपूर्ण बयान दिँदै गोर्खा मिडियामा आएको रकमको जिम्मेवार जीबी र खर्चको जिम्मेवार रवि लामिछाने रहेको बताएका हुन् ।

‘गोर्खा मिडिया नेट्‍वर्क प्राइभेट लिमिटेडको बैंक खातामा रकम जुटाउने कार्य गितेन्द्रबाबु राईबाट र बैकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेको हो’, उनले बयानमा भनेका छन्, ‘गोर्खा मिडियामा मैले कुनै पनि रकम लगानी गरेको थिइनँ । गितेन्द्रबाबु राईले उक्त मिडिया खोल्ने क्रममा ५ करोडको शेयर पुँजी देखाई मलाई साझेदार बनाएपछि कम्पनीको नाममा बैंकबाट ऋण लिने प्रकृया गर्दा गर्दै शेयपुँजी १२ करोड पुऱ्याउने क्रममा हाम्रो मनमुटाव सृजना भएको थियो ।’

उनले उक्त कुरालाई २०७७ असोज १८ गतेको सञ्चालक समितिको बैठकमा असहमति जनाउँदै आफूले सही छाप नगरेको पनि जिकिर गरेका छन् । ‘मैले सहीछाप नगरेको अवस्थामासमेत गितेन्द्रबाबु राईसहितको मिलिमतोमा मेरो नामसँगै मेरो दस्तखत किर्ते गरेबाट पनि पुष्टि हुन्छ’, उनले आफूलाई जोगाउने प्रयाससहित भनेका छन् ।

सूर्यदर्शनसहित कुनै पनि सहकारी संस्थाबाट गोर्खा मिडियाका लागि ऋण लिने विषयमा कोही कसैसँग छलफल र परामर्श केही नभएको पनि जोशीले दाबी गरेका छन् ।

‘हामीले यस प्रकारको गैरकानुनी बाटोबाट रकम ल्याउन लिखित वा मौखिक रुपमा निर्णय गर्ने, माइन्यूट गराउने जस्ता कार्य गरेका थिएनौँ’, उनले बयानममा भनेका छन्, ‘बैंकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो । निजकै हस्ताक्षरबाट चेक काटिने अवस्था थियो ।’

बैंकबाट ऋण लिनुपर्ने परिस्थिति सिर्जना हुँदा गोर्खा मिडियाको चुक्ता पुँजी १२ करोड बनाउनु परेको पनि उनले स्वीकारेका छन् । त्यही समयदेखि जीबीसँग आफ्नो मनमुटाव सुरु भएको छविले बयानमा भनेका छन् । उनले श्रीमतीको नाममा रहेको घर धितो राखेर ऋण लिन जीबीले प्रस्ताव राखेको खुलाउँदै आफूले नमान्दा तितोपना सुरु भएको पनि जिकिर गरेका छन् ।

उनले सूर्यदर्शन लगायत कुनै पनि सहकारीबाट ऋण लिने निर्णयको माइन्यूट आफ्नो उपस्थितिमा नभएको पनि बताएका छन् । उलले गोर्खा मिडियाको संस्थापक शेयरधनी र संचालक तथा नेचर हर्वस इन्टरनेशनल प्राइभेट लिमिटेडको शेयरधनी र संचालकको हैसियतमा कार्यकारी अधिकारको प्रयोग नगरेको दाबीसहित दुवै कम्पनीबाट प्रत्यक्ष वा अप्रत्यक्ष कुनै लाभ नलिएको पनि जिकिर बयानमा गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : ५२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद