रास्वपा नेताहरूलाई रविले बोलाए पोखरा « Khabarhub

रास्वपा नेताहरूलाई रविले बोलाए पोखरा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएपछि रास्वपा नेताहरू पोखरा पुगेका छन् । उनीहरु रविको निमन्त्रणामा पोखरा पुगेका हुन् ।

पार्टी उपसभापति डिपी अर्याल, नेता शिशिर खनाल, विराजभक्त श्रेष्ठ लगायतका नेता पोखरा पुगेका हुन् । उपसभापति स्वर्णिम वाग्लेले भने शनिबार नै रविलाई भेटेर आज विरगञ्ज पुगेका छन् । केही नेताहरु आइतबार बिहान नै पोखरा पुगेका थिए ।

‘सभापति ज्यूले केही नेतासँग गफ गर्छु भनेर बोलाउनुभएको हो’ रास्वपा स्रोतले भन्यो, ‘उहाँलाई भेट्न पोखरा केही नेता जानुभएको छ ।’

जिल्ला सरकारी वकिलको कार्यालयले ४२७ पृष्ठ लामो अभियोग पत्र जिल्ला अदालतमा दर्ता गराएपछि नेताहरू भावी कार्ययोजना बनाउन छलफल गरिरहेका छन् । ‘अहिलेसम्म कार्यवाहक सभापति पनि तोकिएको छैन । उहाँको मुद्दा दर्ता भएपछि यसबारे निर्णय पनि गर्नुपर्ने छ’ रास्वपा नेताले खबरहबलाई भने, ‘सभापति ज्यूले केही नेता भेट्ने योजना बनाउनुभएको छ । भावी योजना र रणनीतिको विषयमा छलफल गर्नुहुनेछ ।’ ती नेताका अनुसार पहिला कार्यवाहक सभापति बन्न रविले नै रोकेका थिए ।

रविसहित उनकी पत्नी निकिता पौडेल विरुद्ध पनि मुद्दा दायर भएको छ । सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको वनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहितका व्यक्ति र कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।उक्त मुद्दामा ३६ जना व्यक्ति र ८ वटा कम्पनीविरुद्ध सरकारी वकिलले मुद्दा गरेको हो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : ०४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र