लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस दिने | Khabarhub Khabarhub

लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस दिने


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास बैंकले शेयरधनीलाई ७ प्रतिशत बोनस दिने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराका अनुसार आइतबार बसेको ४९१ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस दिने निर्णय भएको हो ।

कम्पनीले चुक्ता पुँजीको १४ करोड ७ लाख २५ हजार रुपैयाँ बराबर हुने ४ प्रतिशत नगद लाभांश र १० करोड ५५ लाख ४४ हजार रुपैयाँ बराबर हुने ३ प्रतिशत बोनस शेयर दिने भएको हो ।

उक्त बोनस पारित गर्ने कम्पनीले पुस २९ गते सोमबार बिहान साढे १० देखि अमृभोग, कालिकास्थान, काठमाडौंमा साधारणसभा गर्ने भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनको लागि बुक क्लोग गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउने छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ४६ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना