सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै « Khabarhub

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

विसं १९८१ साल पुस ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको विक्रम संवत् २०६७ साल फागुन २० गते निधन भएको थियो।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती शासन व्यवस्थामा १४ वर्ष जेल जीवन विताएका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०४७ सालमा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

बालुवाटार प्रवेश र त्यहाँबाट फर्किदा निकै तामझाम देखाउने नेताहरुको भीडमा भट्टराई प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएर बाहिरिएका थिए ।

नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको हो । उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विसं २०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याएपछि गरी उनले दुई पटक प्रधानमन्त्रीको रुपमा मुलुकलाई नेतृत्व प्रदान गरे ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ३७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय