३.९६ प्रतिशतले घट्यो वैदेशिक व्यापार, युद्धग्रस्त युक्रेनबाट तेस्रो धेरै आयात « Khabarhub

३.९६ प्रतिशतले घट्यो वैदेशिक व्यापार, युद्धग्रस्त युक्रेनबाट तेस्रो धेरै आयात


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापारमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले संकुचन आएको हो ।

विभागकाअनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशतले आयातमा कमी आएको छ भने ६.११ प्रतिशतले निर्यातमा कमी आएको छ । समीक्षा अवधिमा नेपालमा तीन खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको विभिन्न वस्तु आयात भएको छ भने ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल २२ अर्ब १५ करोड ७० लाख ४३ हजार रूपैयाँ बराबरको, पेट्रोल १६ अर्ब ६२ करोड ८२ लाख ३९ हजार रूपैयाँ बराबरको र खाना पकाउने एलपी ग्यास १४ अर्ब ६ करोड ४४ लाख ५३ हजार रूपैयाँ बराबरको आयात भएको छ ।

नेपालमा ३ महिनाको अवधिमा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको छ भने ७ अर्ब ९३ करोड १३ लाख ६६ हजार रूपैयाँ बराबरको युरिया मल भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा सबैभन्दा धेरै सामग्री भारतबाट २ खर्ब ४० अर्ब ९२ करोड बराबरको आयात भएको छ भने चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख ६५ हजार रूपैयाँ बराबरको आयात भएको छ । सोही अवधिमा नेपालले लामो समयदेखि रसियासँग युद्धमा फसेको मुलुकसँग तेस्रो स्तरको आयात गरेको विभागको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार समीक्षा अवधिमा नेपालमा युक्रेनमार्फत ६ अर्ब ५१ करोड ५८ लाख १६ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । त्यसपछि नेपालले सबैभन्दा धेरै सामग्री आयात गर्ने मुलुकहरूमा चौथो अष्ट्रेलिया, पाँचौँ अर्जेन्टिना र छैटौँ अमेरिका रहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ५ : ३८ बजे

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

काठमाडौं – न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारतले ४-१ को जित निकालेको