राष्ट्रियसभा निर्वाचनमा आजदेखि मौन अवधि, प्रचारप्रसार गर्न नपाइने « Khabarhub

राष्ट्रियसभा निर्वाचनमा आजदेखि मौन अवधि, प्रचारप्रसार गर्न नपाइने


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेबाट मतदान नसकिँदासम्म मौन अवधि लागू हुनेछ ।

मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा आदानप्रदान गर्न वा गराउन नहुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

यस्तै, सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृसङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न निषेध गरिएको छ ।

निर्वाचन आयोगले फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ ।

एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । निर्वाचनका सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५१ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी