चीनमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प « Khabarhub

चीनमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छिमेकी उत्तरी मुलुक चीनमा शक्तिशाली भूकम्प गएको छ । गएराति २ बजेर ९ मिनेटमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टी आसपास भएर ७ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

यूएसजीएसका अनुसार १३ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको छ ।  भूकम्पपछि ४० भन्दा बढी परकम्प गएका छन् ।

भूकम्पबाट केही मानिस घाइते हुनुका साथै कम्तिमा ४७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पबाट उरुम्की, कोरला, काशगर, यिनिङमा क्षेत्र बढी प्रभावित बनेका छन् ।

सो भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको थियो । दिल्ली–एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको धक्का पछि मानिसहरू घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  १० : २० बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल