कृषिबाली सुधार्न माटो परीक्षण « Khabarhub

कृषिबाली सुधार्न माटो परीक्षण


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

दीपायल– डोटीमा कृषिबाली सुधार्न माटो परीक्षण गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका अन्तर्गत विभिन्न वडाको माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजताहोस् भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए।

माटो परीक्षणको नतिजाअनुसारका कृषिको पकेट क्षेत्र तय गरी बजेट व्यवस्था गरिने अध्यक्ष खड्काले बताए । माटो परीक्षणपछि खेतबारी सुधार्न किसानाई राहत हुने आदर्श गाउँपालिका–१ नम्बरका स्थानीय मुकुन्द अवस्थीले बताए। यहाँका किसानका लागि यो राम्रो अवसर भएको उनको भनाइ छ । 

माटो परीक्षणपछि खेतबारी सुधार्न किसान स्वयं जुट्न आवश्यक रहेको कृषि विकास निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले बताए । कृषि क्षेत्रमा आदर्श गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गरिएकाले यसलाई निरन्तरता दिनका लागि सोही अनुसारका नीति तथा कार्यक्रम तय गरी अगाडि बढ्नुपर्ने निर्देशक जोशीले बताएका छन्। 

माटो परीक्षण घुम्ती शिविरमा सबै वडाका किसानले माटो परीक्षणका लागि ल्याएको आदर्श गाउँपालिकाकी उपाध्यक्षलक्ष्मी रोकाया धामीले जानकारी भयो । दिनप्रतिदिन बसाइँसराइ समस्याले ग्रसित भइरहेको गाउँपालिकामा कृषिसम्बन्धी विभिन्न समस्या भइरहेको बताउँदै उपाध्यक्ष रोकायाले माटो परीक्षणबाट आएको नतिजाका आधारमा आदर्श गाउँपालिकाले किसानलाई सहयोग गर्ने पनि बताए। 

 गाउँपालिकाका विभिन्न वडामा माघ ७ र ८ गते सञ्चालन भएको शिविरबाट तीन सय ३३ वटा माटोको नमुना संकलन गरिएको माटो तथा मलपरीक्षण प्रयोगशाला कञ्चनपुरका प्राविधिक अधिकृत दलबहादुर खड्काले बताए।

माटो परीक्षणको नतिजा २-३ दिनभित्र आउने अधिकृत खड्काले बताए ।  माटोको उपचार र संरक्षणबारे डोटीलगायत सुदूरपश्चिम प्रदेशका धेरै किसान अझै पनि अनभिज्ञ रहेको उनको भनाइ छ । 

आदर्श गाउँपालिकाको आयोजना, कृषि विकास निर्देशनालय राजपुरको समन्वय र माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा शिविर सञ्चालन  गरिएको आदर्श गाउँपालिकाका कृषिशाखा प्रविधि  खेमराज पाठकले बताए ।  

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : १८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल