जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल « Khabarhub

जुम्ला-मनाङ जोड्ने सडकको ग्राबेल


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । 

पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरिएको सो कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए।

गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल भएको छ । बर्खा सिजनमा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए ।

ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरी नेतृत्वले टिमले अनुगमनसमेत गरेको छ ।

 सडक ग्रोबल भएपछि पर्यटकीय क्षेत्र गुठीचौरसम्म जाने सडक बाह्रैमहिना सञ्चालन  हुने गाउँपालिका अध्यक्ष बुढाले बताए। यो सडक खण्डमा बर्खामा मानिसलाई हिँड्न गाह्रो हुन्थ्यो, ग्राबेल भएपछि सहज भएको उनको भनाइ छ । 

गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरी काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले जानकारी दिए । 

पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको १४ किलोमिटर सडकलाई यसै वर्षभित्र ग्राबेल गर्ने गरी काम गरिने कार्यालयले जनाएको छ । पञ्चवर्षीय योजना अन्तर्गत तीन वर्ष वितिसकेको छ । ३२ करोडको बोलपत्र आह्वान भएकोमा कनकासुन्दरी निर्माण सेवा कम्पनीले रु १७ करोडमा  १४ किलोमिटर सडक ग्राबेल गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयमा सूचना अधिकारी टेकबहादुर हितानले बताए । 

जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माणले गति लिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए।

जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर छ । थप सडक निर्माण र स्तरवृद्धिका लागि बजेटको अभावले काम गर्ने कठिन भएको कार्यालय प्रमुख  विष्टको भनाइ छ । 

जुम्ला–डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालबाहक ट्र्याक्टर तथा साना सवारी गुडिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : २५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने