संविधान कार्यान्वयनका लागि नेताहरुले अग्रसरता लिनुपर्छ : नेता कोइराला « Khabarhub

संविधान कार्यान्वयनका लागि नेताहरुले अग्रसरता लिनुपर्छ : नेता कोइराला


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजना गरिएको कृष्णप्रसाद कोइराला सम्मान समर्पण कार्यक्रममा नेता कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेकाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टचार र दण्डहिनता बढ्दै गएपनि जवाफदेहीता कसैसँग नभएको बताए । उनले मुलुकको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सबै क्षेत्रमा विकृति र विसंगति देखिएकाले जनताले विद्रोह गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषदले आयोजना गरेको सो कार्यक्रममा पिताजी कृष्णप्रसाद कोइराला सम्मान पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा अनेकौँ त्रुटी रहेकाले पुनरावलोकन गर्ने बेला आइसकेको धारणा राखे ।

उनले प्रजातन्त्रको लाभ जनताले अनुभूति गर्न नपाए वितृष्णा उत्पन्न हुने र विद्रोह हुनसक्ने तर्फ राजनीतिक दलका नेताहरु सचेत हुनुपर्ने जिकिर गरे । उनले जनताले हारेको र नेताले जितेको प्रजातन्त्रले मुलुकको विकास गर्न नसक्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : २२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।