संविधान कार्यान्वयनका लागि नेताहरुले अग्रसरता लिनुपर्छ : नेता कोइराला « Khabarhub

संविधान कार्यान्वयनका लागि नेताहरुले अग्रसरता लिनुपर्छ : नेता कोइराला


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजना गरिएको कृष्णप्रसाद कोइराला सम्मान समर्पण कार्यक्रममा नेता कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भिर रहेकाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टचार र दण्डहिनता बढ्दै गएपनि जवाफदेहीता कसैसँग नभएको बताए । उनले मुलुकको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सबै क्षेत्रमा विकृति र विसंगति देखिएकाले जनताले विद्रोह गर्नुपर्ने अवस्था आएको धारणा राखे ।

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषदले आयोजना गरेको सो कार्यक्रममा पिताजी कृष्णप्रसाद कोइराला सम्मान पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो । सम्मान ग्रहण पछि बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमा अनेकौँ त्रुटी रहेकाले पुनरावलोकन गर्ने बेला आइसकेको धारणा राखे ।

उनले प्रजातन्त्रको लाभ जनताले अनुभूति गर्न नपाए वितृष्णा उत्पन्न हुने र विद्रोह हुनसक्ने तर्फ राजनीतिक दलका नेताहरु सचेत हुनुपर्ने जिकिर गरे । उनले जनताले हारेको र नेताले जितेको प्रजातन्त्रले मुलुकको विकास गर्न नसक्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : २२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको