आजका समाचार : मधेशमा जसपाको बर्हिगमनदेखी सरकारलाई एमालेको ज्ञापनपत्रसम्म | Khabarhub Khabarhub

आजका समाचार : मधेशमा जसपाको बर्हिगमनदेखी सरकारलाई एमालेको ज्ञापनपत्रसम्म


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा  मधेश सरकारबाट बाहिरियो जनमत, सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र, राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा, संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय, काठमाडौं महानगरको निर्णयविरुद्ध व्यापारीहरू सडकमा, चीनमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पलगायत रहनेछन् ।

सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र
नेकपा एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा प्राप्त भएका जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलले मध्यपहाडका समस्या, सम्भावना र चुनौती समेटिएका ७५१ वटा मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

सरकारलाई एमालेको ७५१ मागसहितको ज्ञापनपत्र

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

एकीकृत समाजवादीबाट राष्ट्रिय सम्मेलन आह्वान

मधेश सरकारबाट बाहिरियो जनमत
जनमत पार्टीले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टीले चरम दमन गरेको र काम नै गर्न नदिएको भन्दै जनमतले दुई जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको हो ।

जनतमतबाट मधेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सहभागी छन् । उनीहरू दुबैले मंगलबार लिखित पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

सात दलीय गठबन्धन सरकारमा जनमत पार्टी पनि संलग्न छ । तर, मधेशमा जसपाका तर्फबाट मुख्यमन्त्रीमा सरोजकुमार यादव छन् । मुख्यमन्त्री यादवले आफ्ना मन्त्रीहरूलाई चरम दमन गरेको र काम नै गर्न नदिएको जसपाका अध्यक्ष सीके राउतले बताए ।

थप मधेश सरकारबाट बाहिरियो जनमत, केन्द्रबाट पनि बिदा हुने तयारी !

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

रवि लामिछानेविरुद्ध युवराज सफलले सभामुख र संसदीय समितिमा दिए उजुरी

संसद् अधिवेशन माघ २२ गते आह्वान गर्न सिफारिस गर्ने सरकारको निर्णय
सरकारले माघ २२ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको हो । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि संसद्को बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।

संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिइन्छ : प्रधानमन्त्री

बुढीगण्डकी आयोजनाको कामलाई तीव्रता दिन प्रधानमन्त्रीको आग्रह

व्यापारीहरू सडकमा
न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरू आन्दोलित भएका छन् ।

महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका हुन्। पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका हुन्।

थप…

काठमाडौं महानगरको निर्णयविरुद्ध व्यापारीहरू सडकमा

पार्किङ हटेपछि न्युरोडका व्यापारी भन्छन् ‘सरकारले हामीलाई लखेट्न खोज्यो’

आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द

खेलकुद…

प्रधानमन्त्री कप
प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जित हो ।

गण्डकी पाँच खेलमा चार अंक जोड्दै अंक ताकिलाको आठौँ स्थानमा छ । त्यस्तै बागमती सात खेलमा आठ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।


किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले टस जितेर ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर एक सय ९८ रन बनायो । एक सय ९९ रनको विजयी लक्ष्य गण्डकीले तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्‍यो ।

थप…

प्रधानमन्त्री कप : गण्डकीको दोस्रो जित

कोशीमाथि कर्णालीको जित

अन्तर्राष्ट्रिय…

गाजामा २१ सैनिकको मृत्यु 
इजरायली सेनाले मङ्गलबार मध्य गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको जनाएको छ । इजरायली रक्षा बलले उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको पनि जनाएको छ ।
पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले सैनिकहरूले दुई भवनहरू ध्वस्त पार्न विस्फोटक तयारी गरिरहेको बताएका छन् ।
आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेपछि समय अगावै विस्फोट निम्त्याएको र परिणामस्वरूप भवनहरू ढलेको जनाइएको छ । त्यसबेला सैनिकहरू भवनभित्रै वा त्यहाँ नजिकै थिए ।
थप…

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : ५९ बजे

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर

अफगानिस्तानमा सडक दुर्घटना : ११ जनाको मृत्यु, चार घाइते

एजेनसी – दक्षिण अफगानिस्तानको हेलमण्ड प्रान्तमा राजमार्ग दुर्घटनामा कम्तीमा ११

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को