विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा नामिबिया र नेदरल्याण्ड्सको प्रतिस्पर्धा « Khabarhub

विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा नामिबिया र नेदरल्याण्ड्सको प्रतिस्पर्धा


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नामिबिया दुई खेलमा जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा नेदरल्याण्डसँग पराजित भएको नामिबिया आज बदला दिने तयारीसहित मैदानमा हुनेछ । अंक तालिकाको पुछारमा रहेको नेदरल्याण्डस् नामिबियाविरुद्धको जितलाई कायमै राख्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्याण्ड्ससँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाललाई नै चार विकेटले हराएको नामिबिया चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एकएक जित निकालेका नेपाल र नेदरल्याण्ड्ुस भने दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । नेदरल्याण्डसलाई ९ विकेटले हराएको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । तीन देशको अन्तिम खेल फागुन १३ गते आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुनेछ ।

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ। आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९–२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग–२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष चार स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ०९ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास