मौसम परिवर्तनसँगै नाक, कान र घाँटीमा देखिने समस्या र बच्ने उपाय | Khabarhub Khabarhub

मौसम परिवर्तनसँगै नाक, कान र घाँटीमा देखिने समस्या र बच्ने उपाय


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मौसम परिवर्तनसँगै शरीरका विभिन्न भागमा सङ्क्रमण हुने जोखिम हुन्छ। त्यस्तै नाक, कान र घाँटीमा विभिन्न समस्या देखिने गर्दछन्। यो मौसममा हावामा पानीको मात्रा घट्दा हावा सुख्खा हुन्छ। जसका कारण नाकको एलर्जी बढी हुन्छ। यतिबेला साना–साना धुलोका कण नाकमा छिर्ने गर्छन्। सुक्खा नाक भएको समयमा यसरी धुलोका कण छिर्दा एलर्जी हुने, नाकबाट रगत आउने जस्ता समस्या देखिने चिकित्सक बताउँछन्। त्यसैले उपचार भन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुने चिकित्सकको सुझाव छ। मौसम परिवर्तनसँगै नाक, कान र घाँटी सम्बन्धी कस्ता समस्या देखिन्छन् ? मौसम परिवर्तन हुँदा के कारणले यस्ता समस्या हुन्छन् ? यसको उपचार के छ ? यी र यस्तै विषयमा केन्द्रित भएर नाक, कान र घाँटीरोग विशेषज्ञ डा. अरुण सापकोटासँग गरिएको कुराकानीः

मौसम परिवर्तनसँगै नाक, कान र घाँटी सम्बन्धी कस्ता समस्या देखिन्छन् ?
मौसम परिवर्तन हुँदा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, बच्चा तथा वृद्धवृद्धामा नाकबाट रगत आउने, कान दुख्ने समस्या लिएर धेरै बिरामी आउने गरेका छन्।

मौसम परिवर्तन हुँदा के कारणले यस्ता समस्या हुन्छन् ?
मौसम परिवर्तन हुँदा बिहान बेलुका चिसो हुने, दिउँसो गर्मी हुने हुन्छ। जसले गर्दा हामीले शरीरको त्यति राम्रो ख्याल गरेका हुँदैनौं। चिसोपछि तातो सुरु हुँदा एक्कासी चिसो खाने, पातलो लुगा लगाउने गरिन्छ। जुन हाम्रो शरीरले स्वीकार गरेको हुँदैन। त्यसैले यस्ता विभिन्न समस्या देखिन्छन्।

नाक, कान र घाँटीले फरक काम गर्छन् तर कसरी अन्तर सम्बन्धित छन् ? यिनीहरू कसरी जोडिन्छन् ?
नाक, कान, घाँटी सम्बन्धीसँगै पढाई हुनु यसको एउटै विशेषज्ञ हुनु यसलाई हामीले कसरी बुझ्न सक्छौं भने नाकमा समस्या आयो भने कानमा पनि समस्या आउँछ। घाँटीतिर पनि त्यसले असर गरिरहेको हुन्छ। रुघा लागिराख्यो भने र नाक र कानबिचको पाइप (नसा) बन्द भयो भने कानमा इन्फेक्सन देखिने वा घाँटीमा इन्फेक्सन देखिने हुन्छ। त्यही नाक र कानलाई जोड्ने पाइप (नसा) अन्तरसम्बन्धित छ, त्यसले गर्दा इन्फेक्सन एकअर्कामा जाने भएकाले नाक, कान, घाँटी सँगै जेडिएर आउँछ।

उपचार भन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुन्छ। नाक, कान र घाँटीमा हुने समस्याबाट बच्नका लागि धुवाँ, धुलो, चिसोबाट जोगिनुपर्छ।

नाक, कान र घाँटीको समस्यामा घरेलु उपचार के हुनसक्छ ?
उपचार भन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुन्छ। नाक, कान र घाँटीमा हुने समस्याबाट बच्नका लागि धुवाँ, धुलो, चिसोबाट जोगिनुपर्छ। अहिले मौसम परिवर्तन हुँदैछ। पानी पर्दा बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी बढिसकेको छ। सडकमा धुलो उडिरहेको हुन्छ। हामीले फेर्ने सासको माध्यमबाट धुवाँधुलो हाम्रो शरीरमा प्रवेश गरिरहेको हुन्छ। त्यसैले घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, घर वरिपरिको वातावरण सफा राख्ने, शारीरिक व्यायाम गर्ने, तातो खानेकुरा खाने गरेमा नाक, कान र घाँटीमा हुने समस्याबाट बच्न सकिन्छ।

नाका, कान र घाँटीका समस्या हुँदा, कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
दुईदेखि तीन दिन हेर्ने हो। त्यो भन्दापछि पनि नाक बन्द हुने, टाउको दुख्ने, भारी हुने, जस्ता समस्या देखिए भने ढिला नगरी उपचार गराउनुपर्छ। त्यस्तै कान डम्म हुने आवाज नसुन्ने, विस्तारै सुनिएर जाने, दुख्ने, कानबाट पिप बग्नेजस्ता समस्या देखिए भने चुप लागेर बस्नु हुँदैन। घाँटीमा निल्न गह्रो हुने, ज्वरो आइरहेको छ भने चिकित्सकको सल्लाह अनुसार ढिलो नगरी उपचार गराउनुपर्छ।

यसको उपचार विधि के छ ?
अवस्था सामान्य भए दुखाई कम गर्ने औषधी दिएर पठाउन सकिन्छ। बिरामी कुन अवस्थामा आइपुग्छन् त्यो अनुसार उपचार विधि फरक हुन्छ।

नाकको समस्या हो भने पिनास हुने, कानको समस्या हो भने जालीमा प्वाल पर्ने, पिप बग्ने जस्ता समस्या हुनसक्छन्। यस्तो समस्या भइसकेपछि अप्रेशन नै गर्नुपर्ने हुनसक्छ। त्यसैले समयमै उपचार गराउनु राम्रो मानिन्छ।

समयमै उपचार नगरेमा कस्ता समस्या आउने जोखिम हुन्छ ?
समयमै उपचार नगरे झन् जटिलता तिर जानसक्छ। सामान्य औषधी खाएर निको हुने बिरामी समयमा उपचार नगर्दा भर्ना हुनुपर्ने अवस्था आउनसक्छ। नाकको समस्या हो भने पिनास हुने, कानको समस्या हो भने जालीमा प्वाल पर्ने, पिप बग्ने जस्ता समस्या हुनसक्छन्। यस्तो समस्या भइसकेपछि अप्रेशन नै गर्नुपर्ने हुनसक्छ। त्यसैले समयमै उपचार गराउनु राम्रो मानिन्छ।

नाक, कान र घाँटी सम्बन्धी समस्याबाट बच्नका लागि के गर्ने ?
मुख्यतया बाहिर हिँड्दा मास्कको प्रयोग गर्नुपर्छ। यो मौसममा सडक मर्मतका काम हुने भएकाले अझ बढी धुवाँ, धुलो हुने हुँदा नाक, कान र घाँटीमा समस्या हुन्छ। त्यस्तै चिसो खाना नखाने धेरै पातलो लुगा नलगाउने र केही समस्या आयो भने ढिलो नगरी उपचारमा जाने गर्नुपर्छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : ०६ बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका