मृत्युको मुखबाट फर्के अक्षय « Khabarhub

मृत्युको मुखबाट फर्के अक्षय


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अक्षय कुमार ‘रियल एक्सन’बाट परिचित छन् । फिल्ममा एक्सन गर्दा उनी घाइते भएको खबर बाक्लै रुपमा सुनिन्छ । 

फिल्म सुटिङका क्रममा दुर्घटना हुँदा अक्षयले मृत्युलाई नजिकबाट देखेको समेत अन्तर्वार्तामा किस्सा सुनाउँछन् । फिल्म ‘ब्ल्यू’को दौरान पनि मृत्युको मुखबाट उम्केको घटना अक्षयको लागि अविस्मरणीय छ । 

सन् २००९ मा प्रदर्शनमा आएको सो फिल्मको सुटिङका दौरान अक्षय ४० भन्दा बढी शार्कले घेराबाट उम्किएका थिए । ‘ई टाइम्स’ लाई दिएको अन्तर्वार्तामा उनले बताएअनुसार पानीमुनि सुटिङका क्रममा टाउकामा चोट खेप्नु परेको थियो । 

त्यससमय उनी बिना अक्सिजन पानी मुनि गएको बताउँछन् । त्यही समय उनलाई १५० फिट तल रहेको र माथिबाट ४०-४५ शार्कले घेरेका थियो । ती शार्कको शिकार हुनबाट आफू जसो तसो बाचेको उनी बताउँछन् । 

यसलाई उनी मृत्युलाई नजिकबाट नियालेको दुर्घटनाका रुपमा लिन्छन् । सुटिङमा भएको दुर्घटना मध्ये यो नै उनको लागि अविस्मरणीय हो । 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : २० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष