सांसदमा विवाद, बैठक स्थगित « Khabarhub

सांसदमा विवाद, बैठक स्थगित


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोप प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले विधेयक पास गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले असहयोग गरेको आरोप लगाएपछि सुरु भएको सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोपले बैठक स्थगित गरिएको छ । 

केसीको धारणापछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए । 

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे । 

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।  

यसपछि सांसद प्रभु साहले रौतहटमा हुने मधानी यज्ञसहितका विषयमा बोले । यसपछि बालेका राजेन्द्र बजगाईंको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाए, बोल्न समय मागे । तर, सभामुख देवराज घिमिरेले कसैलाई पनि बोल्ल्न समय दिएनन्, बारम्बार सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर, प्रतिपक्षी दलका सांसद नबसेपछि सभामुख घिमिरेले शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : १८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४