मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने | Khabarhub Khabarhub

मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो ।

आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन् । कार्यक्रममा अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि रहनेछिन् ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भए पनि हङकङमा कार्यरत नेपालीहरूलाई बिदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो । कार्यक्रमबारेमा बिहीबार एनआरएनए हङकङको कार्यालयमा एक कार्यक्रमको जानकारी गराइएको थियो ।

डिस्ट्रिक्ट काउन्सिल मेम्बर अरुणा गुरुङको प्रमुख आतिथ्यमा भएको जानकारी सभामा एनआरएनएकी केन्द्रीय महिला सचिव राधिका गुरुङ (टीका) एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, महिला संयोजक कविता गुरुङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउ हङकङस्थित अन्य सामाजिक संघ–संस्थाले पनि हातेमालो गर्ने भएका छन् । नमोबुद्ध धर्म सेन्टर, तमु ट्हो ह्युलको महिला विभाग, किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग, मिसेस नेपाल हङकङ टिम, मगर महिला संघ, हेभेन्ली पाथ र तामाङ घेदुङलगायतका संघ–संस्था सह आयोजकका रूपमा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  २ : ०८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने