पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका « Khabarhub

पानीका मुहान संरक्षण अभियानमा काभ्रेका ७ पालिका


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका सात स्थानीय तहले पानीका मुहानलाई पुनर्जीवित गर्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

जिल्लाका चार नगरपालिका र तीन गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा व्याप्त पानीको समस्यालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मुहान संरक्षण अभियानमा सम्झौता गरेका हुन् ।

प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग आशय पत्रमा हस्ताक्षर गरेका छन् ।

जिल्लाका सात स्थानीय तह धुलिखेल, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिका तथा रोशी, बेथानचोक र तेमाल गाउँपालिकाले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्याङ्कन तथा सङ्कटासन्न मुहानको पुनर्जीवित गर्ने नयाँ अभियानमा एक्यबद्धता जनाएका हुन् । स्थानीय तहका पालिका प्रमुखले उक्त कार्यमा आ–आफ्ना तर्फबाट हुने सहयोग र सहकार्यका लागि प्रतिबद्धतासमेत जनाएका छन् ।

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । पाँचखाल नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मूल पुनर्जीवित हुने अपेक्षा गरिएको बताए । ‘पानीका मुहानको पुनःरुत्थानलाई समुदाय स्तरमा सम्भव गराउन सक्नु खुसीको विषय हो, सबैले आ–आफ्ना क्षेत्रबाट सहयोग गर्नुपर्छ’, उनले भने । उनका अनुसार मुहानको पुनःरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाई समेत सम्बोधन गर्नेछ ।

सन् २०२३ मा गरिएको सर्वेक्षणअनुसार नमोबुद्ध नगरमा रहेका चार सय ४४ मुहानमध्ये २० प्रतिशत सुकिसकेको अवस्थामा छन् । भएका अधिकांश मुहनामा पानीको प्रवाहमा कमी हुँदै आएको इसिमोडका मूलाधार व्यवस्थापन प्रबन्धक निर्देशक सञ्जीव भुचरजीले बताए ।

हिन्दूकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या भएकाले पहाडी समुदायको पिउने पानी, गाईबस्तु तथा बालीनालीका लागि निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्यूनीकरण गर्नु अहिलेको मूलभूत आवश्यकता देखिएको उनको भनाइ थियो ।

अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको भचुरजीले बताए ।

सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनर्भरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सहलाभको मूल्याङ्कनलगायत गतिविधि कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । त्यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य छ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको छ ।

प्रतिवेदनका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्त्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ ।

मूलाधार व्यवस्थापनका उदाहरणीय मूल संरक्षण तथा पुनःरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मूलाधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ३ : २९ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित