नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजित « Khabarhub

नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजित


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियाले नेदरल्याण्डमाथि पहिलो जित निकालेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रनमा समेटियो । २ सय ४ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नेदरल्याण्डले ४३.५ ओभरमा सबै विकेट गुमाउँदा १७९ रन मात्र बनाउन सक्यो ।

योसँगै विश्वकप क्रिकेट लिग–२ को पहिलो सिरिजमा तीन जित निकाल्दै नामिबियाले अंक तालिकामा शीर्ष स्थान कायम गरेको छ ।

यसअघि नामिबियाले नेपालसँगका दुई खेलमा नै जित निकालेको थियो भने नेदरल्याण्डसँगको पहिलो खेलमा हारेको थियो ।

सिरिजमा नेपालले नेदरल्याण्डलाई पराजित गरेको थियो । अब सिरिजको अन्तिम खेलमा पनि नेपाल र नेदरल्याण्ड खेल्नेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ४ : ५७ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६