केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लबको विजयी सुरुवात | Khabarhub Khabarhub

केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लबको विजयी सुरुवात


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा केपीएफसीले चर्च ब्वाइजलाई ३–० ले पराजित गर्‍यो । केपीएफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफानाले एक गोल गरे ।

जितसँगै केपी ओली क्लब क्वाटरफाइनल पुगेको छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाएका छन् । नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लब रहेका छन् ।

सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०–५० हजार रुपैयाँ प्रदान गरिने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ०८ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला