‘बंगलादेशसँग विद्युत् बिक्रीको प्रक्रिया अघि बढ्छ’ « Khabarhub

‘बंगलादेशसँग विद्युत् बिक्रीको प्रक्रिया अघि बढ्छ’


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले नेपालले बंगलादेशलाई विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढ्ने बताएका छन् ।

राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित पूर्वाधार कूटनीति : सीमापार ऊर्जा व्यापार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष पोखरेलले विद्युत् बिक्रीको प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले बंगलादेशसँग विद्युत् व्यापारमा मूल्य निर्धारणको कुरो पनि चाँडै टुङ्गिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत् नेपालमै खपत गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यसपछि बल्ल बाँकी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नेबारे सोच्नुपर्ने उनको भनाइ छ । उनले नेपालको विद्युत् खरिद गर्न भारत र बंगलादेश तयार भएरमात्र नहुने भन्दै यसका लागि ट्रान्समिसन लाइनजस्ता पूर्वाधारको विस्तारमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदीले नेपालको जनस्रोतका विषयमा राष्ट्रवादको अनावश्यक प्रभाव बढ्दा समस्या निम्तिएको बताए ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च आइएसएसआरले आयोजना गरेको कार्यक्रममा ऊर्जा मामिलाका जानकार, सरकारी निकायका प्रतिनिधिहरु, पत्रकार र आम सर्वसाधारणको उपस्थिती रहेको थियो । 

 

 

 


   

   

 

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ५ : ५८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल