मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छः प्रधानन्यायाधीश | Khabarhub Khabarhub

मेलमिलापबाट अन्तरदेशीय विवाद समाधान गर्न सकिन्छः प्रधानन्यायाधीश


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मेलमिलापबाट देशभित्र मात्र नभई अन्तरदेशीय विवादको सामाधानका गर्न सकिने बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसन, मेलमिलाप समिति र बङ्गलादेश इन्टरनेसनल मिडिएसन सोसाइटीको आयोजनामा आज आयोजित मेलमिलापसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले मेलमिलाप विवाद समाधानको महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको र यो पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

“विवादहरुको प्रकृतिमा आएको विविधीकरणले न्याय निरुपणका सन्दर्भमा राष्ट्रिय सीमाको मान्यतासमेत क्रमशः खुकुलो बन्दै गएको छ, खासगरी, व्यापार, व्यवसाय र विश्वव्यापीकरण एवम् निजी अन्तर्राष्ट्रिय कानुनको विकासले त्यस प्रकारको अवस्था सिर्जना गरिरहेको म देख्दछु,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “अहिले मेलमिलाप देशभित्र मात्र होइन, अन्तरदेशीय विवादहरुको समाधानका लागिसमेत त्यत्तिकै महत्वपूर्ण औजारका रुपमा स्थापित हुँदै गएको छ, तसर्थ, मेलमिलाप पद्धतिको अवलम्बनसम्बन्धी अन्तर्राष्ट्रिय मानक वा मापदण्डको विकास गर्नुपर्ने आवश्यकतासमेत देखापर्दै गएको छ ।”

मेलमिलाप पद्धतिलाई प्रभावकारी बनाउने दिशामा भएका विभिन्न प्रयासका बाबजुद अझै पनि थुप्रै समस्या र चुनौती विद्यमान रहेको र सबैका साझा समस्या तथा चुनौती भएको हुँदा मेलमिलाप दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत मुलुकमा विवाद समाधानको परम्परागत पद्धतिका रुपमा लामो समयदेखि अभ्यासमा रहेको बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले भने, “यसको कानुनी व्यवस्थापनको दृष्टिकोणबाट अनुभवहरु नयाँ नै छन्, तसर्थ कानुनी एवं कार्यविधिगत रुपमा मेलमिलाप पद्धतिको अभ्यास र अनुभवबाट यसलाई थप परिमार्जन र परिस्करण गर्दै लैजानुपर्ने आवश्यकता छ ।”

मेलमिलाप पद्धति र मेलमिलापको प्रक्रियामार्फत विवाद समाधान गर्दा हुने फाइदाका बारेमा आमरुपमा जानकारी गराई यसप्रतिको आकर्षण बढाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले मेलमिलाप प्रक्रियाको सफलता मेलमिलापकर्ताको दक्षता, सीप, अनुभव र लगनमा निर्भर गर्ने बताए ।

“मेलमिलापकर्ताको चयन, तालिमको उपयुक्तता र मेलमिलापको कार्यमा प्राप्त हुने अवसरबाट नै त्यसमा सुधार ल्याउन सकिन्छ,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “मूलतः मेलमिलाप पद्धतिको प्रभावकारिताका लागि न्यायाधीशको भूमिका सर्वोपरि र महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्दछ ।”

सम्मेलनले दक्षिण एसियामा मेलमिलापको सञ्जाल निर्माण गरी आपसी अनुभवको आदानप्रदानलाई अनुभूतिको तहसम्म पु¥याउने अपेक्षा गरेको उल्लेख गर्दै उनले सम्मेलनबाट दक्षिण एसियाली क्षेत्रमा मेलमिलाप पद्धतिको विकास र सोमार्फत न्यायमा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत बताए।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : २९ बजे

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को