जितपुरसिमरा क्रिकेट कप : उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने « Khabarhub

जितपुरसिमरा क्रिकेट कप : उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बारा– जितपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेपछि पर्सासँगको भिडन्त पक्का भएको हो ।

पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा प्रवेश गरेको थियो। पर्साले आयोजक जितपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता, समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जित निकालेको मकवानपुरले दोस्रो जित दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको थियो।

अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ०९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको