जितपुरसिमरा क्रिकेट कप : उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने « Khabarhub

जितपुरसिमरा क्रिकेट कप : उपाधिका लागि मकवानपुर र पर्सा भिड्ने


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बारा– जितपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधिका लागि आज मकवानपुर क्रिकेट संघ र पर्सा क्रिकेट संघबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेपछि पर्सासँगको भिडन्त पक्का भएको हो ।

पर्सा समूह ‘ए’ को विजेताको रुपमा फाइनलमा प्रवेश गरेको थियो। पर्साले आयोजक जितपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रन र कलैया क्रिकेट क्लबलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता, समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जित निकालेको मकवानपुरले दोस्रो जित दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित गरेको थियो।

अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ०९ बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार