खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग « Khabarhub

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार दश हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेको हो ।

कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका– ४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका– ८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका– ६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका– ६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातीले जानकारी दिए ।

प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका  खोटाङ्गेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो । प्रारम्भमा २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले ३० लाख सङ्कलन भएको र ब्याजबापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरूप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातीले बताए ।

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार पाँच हजार र पूर्ण क्षति भएकालाई दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् । गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् ।

आगलागीका यी घटनाबाट एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : १८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस