पाकिस्तानको राजनीतिमा बेनजिर भुट्टोकी छोरीको उदय | Khabarhub Khabarhub

पाकिस्तानको राजनीतिमा बेनजिर भुट्टोकी छोरीको उदय


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

आसिफा भुट्टो पाकिस्तानको फस्ट लेडी भएकी छिन्। त्यहाँका नयाँ राष्ट्रपति असिफ अलि जरदारी र दिवंगत प्रधानमन्त्री बेनजिर भुट्टोको छोरी हुन्। पाकिस्तानको इतिहासमा राष्ट्र प्रमुखले आफ्नो श्रीमतीको साटो छोरीलाई पहिलो महिला घोषणा गरेको यो नै पहिलो पटक हो।

राष्ट्रपति जरदारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनजिर भुट्टाको २७ डिसेम्बर २००७ मा आत्मघाती विस्फोट गराएर हत्या गरिएको थियो। उनी पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री हुन्। यसैगरी जरदारी पाकिस्तानको इतिहासमा दुई पटक राष्ट्रपति हुने पहिलो व्यक्ति हुन्।

सन् २००७ मा चुनावी प्रचारको क्रममा भुट्टोको हत्या भएको थियो। जरदारी सन् २००८ देखि १३ सम्म राष्ट्रपति हुँदा पहिलो महिलाको स्थान खाली नै राखेका थिए। आइतबार भने उनले आसिफाको उपस्थितिमा १४ औं पाकिस्तानी राष्ट्रपतिको कार्यभार सम्हाले।

आसिफा भुट्टो पाकिस्तानको फस्ट लेडी भएकी छिन्। पाकिस्तानको इतिहासमा राष्ट्र प्रमुखले आफ्नो श्रीमतीको साटो छोरीलाई पहिलो महिला घोषणा गरेको यो नै पहिलो पटक हो।

सन् २०२० देखि राजनीतिमा सक्रिय आसिफा नोभेम्बरमा भएको निर्वाचनमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) को चुनावी अभियानमा सक्रियता साथ लागेकी थिइन्। उनको दाइ विलवाल भुट्टो जरदारीलाई सो दलले उम्मेदवारको रूपमा समेतअघि सारेको थियो।

राष्ट्रपति जरदारीका तीन सन्तान छन्। छोरा विलवाल र छोरी भख्तवार र आसिफाको साथमा उनीहरू रहेका छन्। यी मध्य आसिफाको राजनीतिमा फरक खालको झुकाव मात्र होइन नवीन सोच पनि छ। यस कारण पाकिस्तानको नयाँ पुस्ता आशावादी हुनसमेत थालेको छ।

धेरै कार्यक्रममा उपस्थित हुन थालेपछि आम पाकिस्तानीले समेत पीपीपीको राजनीतिमा आसिफाको उपस्थिति चाहन थालेका छन्।

सामाजिक सञ्जालमा सक्रिय उनले आफ्ना पितासँग सन् २०१२ मा बर्मीङघम भ्रमण गर्दा महिला अधिकार अभियन्ता मलाला सासुफुजासँग भेट गरेकी थिइन्।

यसअघि उनी पाकिस्तानमा पोलियो निवारण दूतको रूपमा सक्रिय थिइन्। त्यसो त असिफ जन्मँदा नै एक इतिहास कोर्न सफल भएकी थिइन्। तीन फेब्रुअरी १९९३ मा जन्मेकी उनले त्यसको एक महिनामा नै इतिहासको कोरेकी थिइन्। पाकिस्तानको पोलियोको भ्याक्सिन प्रयोग गर्ने उनी पहिलो बच्चा हुन्।

आमा बेनजिर भुट्टाले पोलियो थोपा कार्यक्रमको सुरुवात गर्दा पहिलो थोपा आफ्नै छोरीलाई दिन लगाएकी हुन्। त्यस समयमा पाकिस्तानमा पोलियोको २२ हजार थोपा उपलब्ध थियो। त्यसपछि नै उनी पोलियो उन्मुलन कार्यक्रमको दूत भएकी हुन्।

बेलायतको अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट उनले सन् २०१६ मा राजनीतिशास्त्र र सोसीयोलोजीमा स्नातक गरेकी हुन्। लन्डन कलेज विश्वविद्यालयबाट उनले सामुदायिक स्वास्थ्यमा स्नातकोत्तर गरेकी हुन्।

उनको आमाको हत्यामा पाकिस्तानी ताली वानमाथि आशङ्का गरिए पनि अलकायदाले पनि आक्रमणको जिम्मेवारी लिएको छ। बाबु जरदारीले श्रीमतीको हत्यापछि विवाद गरेनन् भने उनको कदमले छोरी प्रतिको उच्च सम्मान देखिएको छ।

संसारका धेरै देशका नेताले भतिजी तथा बहिनीलाई फस्ट लेडीको रूपमा चयन गरेको घटना नभएका होइन। परन्तु छोरीलाई यसरी अवसर दिएको घटना भने पहिलो हो।

वर्तमान पाकिस्तान धेरै सङ्कटमा गुज्रिएको छ। ओरालो आर्थिक अवस्था, नमिलेको अन्तर्राष्ट्रिय कूटनीति तथा अप्ठेरो विदेश नीति पाकिस्तानका समस्या बनेका छन्। चीन पाकिस्तान इकोनोमीक कोरिडोरको रूपमा अर्को समस्या थपिएकै छ। जसले विदेश नीतिलाई अप्ठेरो त पारेको छ नै साथै देशलाई गरिबीतर्फ धकेलेको छ।

प्रजातान्त्रिक व्यवस्था प्रति बारम्बार प्रश्न चिह्न खडा भएको छ। यी सबै जिम्मेवारीको काम कार्यपालिका प्रमुख र राष्ट्र प्रमुखको हो।

परन्तु युवा भुट्टो प्रथम महिला हुनुको अर्थ उनलाई स्वतः आइपरेको जिम्मेवारी मात्र होइन बाबुको छोरी माथिको भरोसा पनि हो। शिक्षित र फरक पहिचान बोकेकी भुट्टोको यो राजनीतिक यात्रा र मूलधारमा प्रवेश गराउने बाबुको चासोले युवा पुस्तालाई धेरै हदसम्म उत्साहित तुल्याउनु स्वाभाविक हो।

संसारका धेरै देशका नेताले भतिजी तथा बहिनीलाई फस्ट लेडीको रूपमा चयन गरेको घटना नभएका होइन। परन्तु छोरीलाई यसरी अवसर दिएको घटना भने पहिलो हो।

उनका बाबु पहिलो पटक राष्ट्रपति भएको समयमा पोलियो उन्मुलन कार्यक्रमको दूत भएपछि नै उनको चौतर्फी प्रभाव परेको थियो। सोही समयदेखि उनका दाजु र दिदीको भन्दा आम मानिसमा बढी प्रभाव परी रहेको थियो। सन् २०१८ देखि नै पार्टीको तर्फबाट बहस गर्नका लागि उनलाई सबै भन्दा उपयुक्त व्यक्तिको रूपमा ठहर गरिएको थियो।

आफ्नो दाजुको प्रचारमा असिफा भएको समयमा नै उनले नै त्यहाँको पार्टी अफिसको उद्घाटन गरेकी थिइन्। दाजु विलवाल भुट्टोलाई लाहोरको एनए-१२७ मा उम्मेदवार बनाइएपछि सिङ्गो पार्टीले नै सो क्षेत्रलाई जीवन मरणको विषय बनाएको थियो।

आफ्नो दाजुको प्रचारमा असिफा भएको समयमा नै उनले नै त्यहाँको पार्टी अफिसको उद्घाटन गरेकी थिइन्। दाजु विलवाल भुट्टोलाई लाहोरको एनए-१२७ मा उम्मेदवार बनाइएपछि सिङ्गो पार्टीले नै सो क्षेत्रलाई जीवन मरणको विषय बनाएको थियो। उनले पहिलो चुनावी सभालाई सम्बोधन गर्दै ३० लाख गरिब परिवारलाई घर बनाउने उद्घोष गरेकी थिइन्। उनले आफ्नो दाजु प्रधानमन्त्री भएमा सम्पूर्ण गरिबको उद्धार हुने कुरा समेत बताएकी थिइन्।

विलवाल प्रधानमन्त्री भएमा पाकिस्तानमा पाँच वर्ष समयमा सबैको तलब दुई गुना हुने उनले बताएकी छिन्। उनले सुरुवातमा पाकिस्तानको स्वतन्त्रका मसिहा जुल्फीकर अलि भुट्टोको पथलाई निरन्तरता दिन आफ्नो दाजु सफल हुने कुरामा सबैलाई विश्वस्त तुल्याउने प्रयास गरेकी थिइन्।

दाजुको चुनावी अभियानको क्रममा उनले बारम्बार पीपीपी गरिब मजदुर र युवाका लागि निर्विकल्प शक्ति भएको समेत घोषणा गरेकी थिइन्। जुल्फीकर अलि भुट्टोको सेनाबाट पक्राउ र मृत्युपछि छोरी बेनजिर राजनीतिमा लागेकी थिइन्। इस्लाम देश पाकिस्तानमा पहिलो मुस्लिम प्रधानमन्त्रीको रूपमा सफलता पाउनु साँच्चै कठिन थियो।

बेनजिरका जेठा छोरा भएका कारण विलवाल पहिला राजनीतिमा सरिक हुनु स्वाभाविक थियो। परन्तु, देशको राजनीतिमा साने उमेरदेखि परिवारकी कान्छी सदस्य आसिफाकै चाहना बढी थियो।

सन् २०२० मा आसिफा पहिलो पटक राजनीतिमा आएको समयमै विपक्षीले विवाद नगरेका होइनन्। कोभिड प्रोटोकललाई मिचेर भीड गरेको आरोप अन्य दलले लगाएका थिए। त्यस समयमा उनले पहिलो राजनीतिक भाषणले नै पार्टीका कार्यकर्तालाई धेरै उत्साहित तुल्याएको थियो।

पोलियो थोपा पिउने पहिलो पाकिस्तानीबाट सुरु भएको आसिफाको यात्रा पहिलो महिला बन्ने राष्ट्र प्रमुखको छोरीसम्ममा कीर्तिमान पुगेको छ। यसले आसिफा राजनीतिमा सक्रिय हुने कुरामा विमति हुन सक्दैन।

उनका केही आकर्षक भाषणले युवा पुस्तालाई लट्ठ त पार्ने गरेको छ। परन्तु, उनको उपस्थिति जुल्फीकर अलि भुट्टो परिवारको विरासत थाम्ने एउटा प्रयास मात्र हुनेछ या पाकिस्तानलाई नयाँ दिन कामीयाव हुने छ भन्ने भविष्यले देखाउने छ।
स्रोत : इन्डियन एक्सप्रेस, मिन्ट, भ्वाइस अफ अमेरिका, डन

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : १४ बजे

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००