सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम « Khabarhub

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइएको हो ।

गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा सघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताए ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए ।

सुन्तलाका बोट सुक्ने, मर्ने तथा भएका बोटमा फलको गुणस्तर नहुनेलगायत समस्या भएपछि किसानलाई तालिम दिइएको बेथानचोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर लामाले बताए ।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको निर्माण भएको स्थानको भौगोलिक विशेषता, स्याहार, मलजल, रोग नियन्त्रणबारे प्रशिक्षण दिइएको जानकारी दिए ।

सुन्तला खेतीका लागि बेथानचोक– ४ र आसपासका क्षेत्र उर्वर भएकाले किसानलाई उत्पादकत्व वृद्धिमा सघाउन तालिमको व्यवस्था गरिएको हो ।

पालिकाले सो क्षेत्रमा किसानलाई प्रोत्साहनस्वरुप पाँच हजार उन्नत जातका विरुवा बाँड्ने योजना बनाएको जनाइएको छ । यो वर्ष यहाँका किसानले दुई करोडभन्दा बढीको सुन्तला बेचेका थिए । धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले, सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ सुन्तला उत्पादनका निम्ति प्रसिद्ध छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : १८ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले