फुटबल विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’ « Khabarhub

फुटबल विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाँके– फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल खेलका विविध पक्षबारे जानकारी दिएका थिए । एन्फाले पाँच वर्षअघिदेखि यस्तो तालिम आयोजना गर्दै आएको छ ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले फुटबलको विकासका निम्ति नगरपालिका सकारात्मक रहेको बताउँदै यो खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वकप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणका क्रममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले आगामी दिनमा फुटबलको विकासका लागि नियमित रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिए भने सङ्घका उपाध्यक्ष निर्मल चन्दले विविध चुनौतीका बीच सङ्घले फुटबलको विकासका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : ४९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको