हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम « Khabarhub

हुम्लामा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर ज्येष्ठ नागरिकको निःशुल्क उपचार गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताए ।

गाउँपालिकाको वडा नम्बर ४ को विकट दलित बस्ती, खर्रा, देउदा, गइरा र उतिसेनी गाउँका ६५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको उनले जानकारी दिए । स्वास्थ्यकर्मी घरमै आएर स्वास्थ्य परीक्षण र औषधि वितरण गरेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भौगोलिक विकटता, ज्येष्ठ नागरिक आफैँ स्वास्थ्य संस्थासम्म हिँडडुल गर्न नसक्ने भएकाले उनीहरुको सहजताका लागि घरमै गएर सेवा प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङकुले बताए । गाउँपालिकामा रहेका सबै वडामा घरदैलो गरेर बिरामीको पहिचान गरिनेछ ।

कार्यक्रमअन्तर्गत बिरामीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको संयोजक ढकालले बताए । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायतका उपचार गरेका हुन् ।

गाउँपालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । वडा १ देखि ५ सम्मका सबै बस्तीमा पुगेर ज्येष्ठ नागरिकको उपचार गरिने छ । यो अभियान वडा नम्बर ४ मा सम्पन्न भएर वडा नम्बर १ मा सुरु भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : ५१ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको