तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’ « Khabarhub

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font


काठमाडौँ– वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएवापत प्रा. पुष्कर लोहनीलाई एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार, नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत एक लाख राशिको ‘वानीरा शङ्कर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको सम्वर्द्धनमा उल्लेख्य योगदान दिएवापत श्रीमती अनिता तुलाधरलाई ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

साहित्यकार डा. वानीरा गिरीको स्मृतिमा स्थापित सो फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शङ्कर गिरी र अध्यक्ष इन्दिरा प्रसाईँ हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १२ : २३ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच