अर्थमन्त्रीद्वारा लगानी सम्मेलनमा आउन विश्व बैंकका उपाध्यक्षलाई निम्तो  « Khabarhub

अर्थमन्त्रीद्वारा लगानी सम्मेलनमा आउन विश्व बैंकका उपाध्यक्षलाई निम्तो 


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । 

बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुन अनन्तले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका थिए । 

औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएका हुन् । 

जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिए । उनले नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताए । अर्थमन्त्रीले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।

लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उनले दिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको भन्दै विश्व बैंकसहित विकास साझेदार बताउँदै उनले विश्व बैंकसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्‍वास व्यक्त गरे । 

तेश्रो लगानी सम्मेलन आगामी ०८१ वैशाख १६ र १७ गते काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १२ : ५३ बजे

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर