मस्कोलाई ‘आतंकवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो « Khabarhub

मस्कोलाई ‘आतंकवादी हमला’ हुनसक्ने पूर्वसूचना थियो


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– मार्च महिनाको सुरूमा रूसस्थित अमेरिकी दूतावासले ‘अतिवादी’ समूहहरूले ‘मस्कोमा हुने कन्सर्टसमेत ठूला जमघटहरूलाई लक्षित गर्ने’ योजना बनाइरहेको भन्ने समाचारहरूको अनुगमन गरिरहेको बताएको थियो ।

इस्लामी समूहद्वारा रूसका मस्को र अन्य ठूला शहरहरू विगतमा पनि आक्रमणहरूको निशाना बन्ने गरेका छन् र त्यहाँ कुनै स्पष्ट राजनीतिक उद्देश्य बिनाका घटनाहरू पनि भएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले शुक्रबार भनेको छ,  ‘संयुक्त राज्य अमेरिकाले मार्चको सुरुमा रूसी अधिकारीहरूलाई मस्कोमा ‘ठूला सभाहरू’ लाई लक्षित गरी ‘योजनाबद्ध आतंकवादी हमला’ हुनसक्ने सूचना दिएको थियो ।’

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले वासिङ्टनले यो जानकारी रूसी अधिकारीसँग साझा गरेको बताएका छन् । 

सन् २००२ मा चेचेन पृथकतावादी लडाकुहरूले मस्कोको डुब्रोभ्का थिएटरमा आक्रमण गरी ९१२ जनालाई बन्धक बनाएका थिए ।

विशेष सुरक्षा बलले बन्धकलाई रिहा गर्ने क्रममा थिएटरमा आक्रमण गर्दा १३० जनाको मृत्यु भएको थियो भने र सबै आक्रमणकारी बन्दूकधारीहरूलाई आत्मसमर्पण गराउन सफल भएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  २ : ३० बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९