सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल « Khabarhub

सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सहिदको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका हुन् । 

विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन लागू गर्ने भएको उनले बताए । त्यस्तै उनले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वस्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने धारणा पनि राखेका छन् ।

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा देशभरका ८५ जना साइकल राइडरको सहभागिता रहेका थियो । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ३ : ३१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।