सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल | Khabarhub Khabarhub

सहिदका सपना पूरा गर्न अविचलित भएर लाग्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सहिदको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताएका हुन् । 

विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन लागू गर्ने भएको उनले बताए । त्यस्तै उनले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वस्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने धारणा पनि राखेका छन् ।

कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा देशभरका ८५ जना साइकल राइडरको सहभागिता रहेका थियो । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ३ : ३१ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका