आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्रीको चुनौति « Khabarhub

आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई गृहमन्त्रीको चुनौति


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खोजेको र आफूलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चुनौति दिएका हुन् । 

कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणबिना बोलेको भन्दै उनले कांग्रेसकै नेता तथा विज्ञहरूमाझ सार्वजनिक रुपमा यस विषयमा बहस गर्न तयार रहेको बताए । रास्वपा सभापति समेत रहेका लामिछानेले आफूले यसअघि नै छाडेको संस्थासँग जोडेर आफूलाई बिभिन्न प्रकरणमा मुछने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाँबाट भएपनि खोजेरै ल्याउने दावी गरे । सहकारी बचतकर्ताको रकम ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

त्यस्तै लामिछानेले बिभिन्न प्रकरणमा मारिएकाहरूलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने स्पष्ट पारे । जतिसुकै ठूला माछा भएपनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको धारणा राखे ।

उनले आफूहरू जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताउनुभयो । लामिछाने मन्त्रीको जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरूलाई निर्देशन दिएको जिकिर गरे । सरकारमा रहँदा जनताको मतको दुरुपयोग नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ५ : ५७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५