एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा « Khabarhub

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।

जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले शनिबार गाईघाटमा पत्रकार सम्मेलन मार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको हो । अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सल्लाहकारबाट ६ सय ३२ जना प्रतिनिधिको छनौट भइसकेको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए । 

 चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भई सकेको भन्दै अध्यक्ष घिमिरेले छनौट भएर आएका प्रतिनिधिहरूको अभिलेख राख्ने ९५ प्रतिशत भन्दा बढि कार्य सकिएको बताए । उनले नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने तयारी भई रहेको जानकारी दिए ।

गतिशील संगठन, क्रियाशील सदस्य विकासको संवाहक र समाजिक रूपान्तरणमा नेकपा एमाले भन्ने मूल नाराका साथ सम्पन्न गर्ने एमाले उदयपुरले जनाएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ०० बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै