संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण « Khabarhub

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गाजा– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार गाजासँगको इजिप्टको सिमानाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको यो योजना इजरायलले अमेरिकाको समर्थन बिना पनि नजिकैको शहर रफाहमा हमाससँग लड्न आफ्नो सेना पठाउने बताएपछि बनेको हो । 

भ्रमणको क्रममा, गुटेर्रेसको मानवीय युद्धविरामको आह्वान दोहोर्‍याउने योजना छ ।  नयाँ अन्तर्राष्ट्रिय दबाबले गाजाको अधिकांश जनसङ्ख्याले शरण लिएको रफाहमा अहिलेसम्म इजरायललाई नियोजित स्थल आक्रमणबाट रोक्न सफल भएको छ । 

यस्तो कारबाहीले व्यापक नागरिक हताहत हुने र क्षेत्रमा व्याप्त मानवीय सङ्कटलाई अझ बिगार्ने चेतावनीको बावजुद, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई अगाडि बढाउने बताए । 

संयुक्त राज्य अमेरिकाको समर्थनमा त्यसो गर्ने आशा व्यक्त गर्दे आवश्यकताको आधारमा एक्लै लडार्इं गर्ने शुक्रबार इजरायल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग नेतन्याहूले बताए । 

लगभग पाँच महिनाको लडाइँ रोक्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म प्यालेस्टिनी क्षेत्रमा ३२ हजार ७०  जनाको मृत्यु भएको र संयुक्त राष्ट्र सङ्घले आसन्न अनिकालको चेतावनी दिएको छ ।

‘यो मानव निर्मित प्रकोप भएको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लजारिनीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । उनले युद्धविराम र गाजामा खाद्यान्न आपूर्ति जीवन बचाउने सामानको एक मात्र समाधान भएको बताए। 

‘तत्काल युद्धविराममा सुरक्षा परिषद्को प्रस्तावको लागि पछिल्लो प्रयास शुक्रबार असफल भयो ।  चीन र रूसले अमेरिकी प्रस्तावलाई भिटो गरेका छन् भने यस सन्दर्भमा अरब सरकारहरूले असन्तुष्टि जनाएका छन् । ‘

कूटनीतिक स्रोतहरूले सुरुमा शनिबारका लागि मतदानको योजना गरिएको कडा युद्धविराम प्रस्तावमा मतदान गर्न थप छलफलको लागि सोमबारसम्म स्थगित गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ७ : ३१ बजे

दशौँ राष्ट्रिय खेलकुद सङ्घीयताको मर्मअनुसार सञ्चालन हुने

कर्णाली- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३

बर्दियामा स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तारको तयारी

बर्दिया– भूमि प्रशासनसम्बन्धी सेवा नागरिकलाई आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे