पाकिस्तानले मनायो ८४औँ गणतन्त्र दिवस « Khabarhub

पाकिस्तानले मनायो ८४औँ गणतन्त्र दिवस


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानले शनिबार ८४औँ पाकिस्तान दिवस मनाएको छ । यसलाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवस पनि भनिन्छ ।

स्वतन्त्र राज्य स्थापनाका लागि सङ्घर्षको प्रमुख कोसेढुङ्गामध्येको एक सन् १९४० मार्च २३ मा पारित लाहोर सङ्कल्पको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकका पूर्वजहरूको सङ्घर्ष, दृष्टिकोण र दृढ सङ्कल्पप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भने, “आउनुहोस् हामी हाम्रो यात्रालाई प्रतिविम्बित गरौँ, आफ्ना उपलब्धिहरूप्रति खुशियाली मनाऔँ र एउटा समृद्ध तथा एकताबद्ध पाकिस्तानका लागि हाम्रो प्रतिबद्धता पुष्टि गरौँ ।”

एक छुट्टै सन्देशमा प्रधानमन्त्री शाहबाज शरिफले मुलुकबासीसँग ‘पाकिस्तानलाई शान्ति, प्रगति र स्थिरताको केन्द्र बनाउन हाम्रा संस्थापक पिताहरूको पाइला पछ्याउनका लागि दृढ सङ्कल्पलाई नवीकरण गर्न’आग्रह गरे ।एक आधिकारिक विज्ञप्तिमा राष्ट्रपति जर्दारीले पाकिस्तान दिवसका साथै आगामी ईद–उल–फितर पर्वका अवसरमा कैदीहरूलाई ९० दिनको छुट दिएको बताइएको छ ।

राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीहरूमा २१ तोपको सलामीका साथ दिवसको सुरुआत भएको थियो । इस्लामाबादको शकरपारियन परेड एभेन्युमा एउटा सैन्य परेडसमेत आयोजना गरियो । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र बलहरूका प्रमुख र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलअजिज अल साउदको सहभागिता थियो ।

दिवसका अवसरमा मुलुकभर सबै आधिकारिक भवनहरूमा राष्ट्रिय झन्डा फहराइएको छ भने मानिसहरूले पाकिस्तानको निर्माणमा लाहोर प्रस्तावको महत्त्वलाई उजागर गर्न र्याली र गोष्ठी आयोजना गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ८ : १७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको