गोरखकाली मन्दिरमा बढ्न थाले दर्शनार्थी « Khabarhub

गोरखकाली मन्दिरमा बढ्न थाले दर्शनार्थी


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गोरखा । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखकाली मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्न थालेको कालिका मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित तनहुँ, चितवन र लमजुङलगायतका जिल्लाबाट भक्तजन गोरखकाली मन्दिर, गोरखा दरबार, गोरखानाथ गुफाका लागि आउने गरेका छन् ।

“आज एकैदिनमा दुई हजारभन्दा बढी भक्तजन कालिका मन्दिरमा पूजापाठ तथा गोरखानाथ मन्दिरमा पूजाआजाका लागि आएका छन्”, उनले भने, ‘‘भक्तजनको बाक्लो उपस्थितिका लागि पूजापाठको व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।”

आज बिदाका दिन भएकाले पनि भक्तजनको भीड भएको हुनसक्ने उनको भनाइ छ । मन्दिरमा आउने अधिकांश ऐतिहासिक गोरखा दरबारको अवलोकनका लागि पनि पुग्ने गरेका छन् । भक्तजनको अत्यधिक भीडका कारण मन्दिरमा पूजा गर्न झण्डै साढे दुई घण्टाभन्दा बढी समय पालो पर्खनुपरेको सहिद लखन गाउँपालिका–७ का अमृत श्रेष्ठले बताए।

“तलदेखि नै लामो लाइन बसेर पूजापाठ र मन्दिरको दर्शन गर्नुपर्ने अवस्था थियो”, उनले भने, “अत्यधिक भीडका कारण कतिपय भक्तजन बाहिरबाट पूजा गरेर फर्कनुपर्यो ।” मन्दिर दर्शन र पूजापाठका लागि पुगेका दर्शनार्थीका कारण दरबारको पार्किङस्थलमा सवारीसाधन पार्किङ गर्नसमेत समस्या भएको थियो ।

कोरोना सङ्क्रमणपछि सर्वसाधारणलाई मन्दिर खुला गरिएपछि आज अहिलेसम्मकै धेरै भक्तजन गोरखाकाली मन्दिरमा आएको स्थानीयको भनाइ छ । कालिका मन्दिरसँगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगी मानिन्छन् । गोरखनाथको नित्यपूजाको परम्परा राजा पृथ्वीपति शाहको पालादेखि सुरु भएको मानिन्छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १० : ४२ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले