मनसरा धान हो कि मिरुना ? | Khabarhub Khabarhub

मनसरा धान हो कि मिरुना ?

निर्देशक उपेन्द्र भन्छन्- मनसरामा गल्ती गरेर माफी माग्न उमेरले साथ दिँदैन


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहेको दोस्रो फिल्म ‘मनसरा’ बैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । धेरैलाई नामलाई लिएर नै अन्योल छ । कतिले कुनै लिब्बू भाषाको शब्द होला भनेर पनि अड्कलबाजी गरेका छन् ।

तर, ललितपुरमा सोमबार निर्माण पक्षले आयोजना गरेको पत्रकार भेटघाटमा निर्देशक सुब्बाले नामबारे अलिकति स्पष्ट पारे ।

उनले फिल्मको नाम अन्य भन्दा फरक विशेषता भएको धानको नाम ‘मनसरा’ बाट लिएको जानकारी दिँदै अन्योल चिर्ने प्रयास गरे ।

उनले खेती किसानी अनुभव सुनाउँदै भने, ‘मनसरा जातको धानको पराल अन्य जातको भन्दा बलियो हुन्छ । हाम्रोतिर यसको मात्रै ब्याड राख्दा फल्दैन भनेर अरुसँग मिसाउने गरिन्छ, मिसाएरै रोप्ने गरिन्छ ।’

मनसराको यही विशेषतालाई मानव जीवनसँग जोडेर सहज किसिमले फिल्ममा कथा देखाउने प्रयास गरेको निर्देशक सुब्बाले बताए ।

उनले थपे, ‘यही धानको विशेषतासँग हाम्रो मिल्दो कुरा के छ भने हामी समाजमा विभिन्न पृष्ठभूमिसँग मिलेर बसेका छौं, गाह्रो अप्ठयारोमा साथ दिएका छौं । यही कुरालाई मैले फिल्ममा जोडेको छु ।’

त्यसो भए फिल्ममा मनसरा, अर्थात् मुख्य पात्रको भूमिका कसले निर्वाह गरेको छ भन्ने प्रश्नमा उनले घुमारो जवाफ दिए ।

ठ्याक्कै मनसरा यही हो भन्ने जवाफ दिन सायद उनले उचित ठानेनन् । त्यसपछि लेखन/निर्देशनसँगै कूटनीतिक कुरा गर्न पनि थाल्नुभएछ नि ? भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘यस्तो प्रश्नले चाहिँ मेरो बोली बन्द हुन्छ ।’

फिल्मका मुख्य पुरुष पात्र प्रवीण खतिवडाले भने मनसराको भूमिकामा मिरुना मगर रहेको सांकेतिक उत्तर दिए । उनले भने, ‘मिरुनाको पात्र केन्द्रित भएको फिल्म छ । त्यसकारण महिला पात्र नै मनसरा हुन् । हामी चाहिँ मिसिन आउने अन्य धान हो जस्तो लाग्छ ।’

उनको भनाइको अर्थ फिल्मको प्रमुख पात्र मिरुना छन्, पात्रको नामबाट भने फिल्मको नामकरण भएको होइन ।

फिल्मको पात्रको कुरा गर्दा नायक दयाहाङ राईले भने आफैँलाई डाहा लाग्ने चरित्र निर्वाह गरेको अनुभव सुनाए । उनले स्पष्ट पार्दै भने, ‘यो मैले पाएको पात्र चाहिँ यो आफैँले गर्न नपाएर हेर्न पाएको भए कति रमाइलो हुन्थ्यो होला भन्ने लाग्छ । यो त्यति डाहा लाग्दो पात्र हो । मलाई यो पात्र हेरेर आनन्द लिन मन छ ।’

त्यस्तै, नायिका मिरुना मगरले भने फिल्ममा छोराको अभिनय गर्ने पात्रसँगको घनिष्टताले नयाँ जन्म पाएको महसुस गराएको अनुभव साटिन् । उनले भनिन्, ‘फिल्ममा छोराको अभिनय गर्ने बाबु नान्छोले चाहिँ मलाई एउटा जन्म दियो । अर्थात् उसले मलाई आमाले महसुस गर्ने सबै कुरा चाहिँ छायांकनमा नजिकबाट नियाल्न दियो ।’

पछिल्लो समय दयाहाङलाई सोधिने ‘सबै फिल्ममा एकै किसिमको अभिनय रहन्छ’ प्रश्नमा चाहिँ उनले रमाइलो जवाफ दिए । उनले जवाफ थियो, ‘पहिला-पहिला कुनै विदेशी गाउँमा आउँदा कहाँको अमेरिकाने आयो भन्ने गरिन्थ्यो । मलाई त्यस्तै हो जस्तो लाग्छ ।’

दयाहाङको यो ठट्यौली जवाफले हलमा हाँसो फैलियो ।

यद्यपि आफूले निर्वाह गरेको भूमिकालाई लिएर आएका प्रतिक्रियाबारे आफू ज्ञात रहेको जनाउँदै उनले थपे, ‘भूमिका उस्तै–उस्तै भयो भन्ने प्रतिक्रिया चाहिँ मसँग आएको छ तर के कारणले उस्तै भयो भन्ने प्रतिक्रिया चाहिँ आएको छैन । यो बारेमा डिटेलमा सुझाव आयो भने मैले आफ्नो प्रयास गर्नेछु ।’

उनले थपे, ‘अन्य फरक पात्र बन्ने जोखिम मैले नलिएको पनि होला त्यो म स्वीकार गर्छु । अहिलेको अवस्थामा मलाई त निर्देशकले दिएको भूमिका नै निर्वाह गरेको हुँ ।’

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : २५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने