मनसरा धान हो कि मिरुना ? « Khabarhub

मनसरा धान हो कि मिरुना ?

निर्देशक उपेन्द्र भन्छन्- मनसरामा गल्ती गरेर माफी माग्न उमेरले साथ दिँदैन


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहेको दोस्रो फिल्म ‘मनसरा’ बैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । धेरैलाई नामलाई लिएर नै अन्योल छ । कतिले कुनै लिब्बू भाषाको शब्द होला भनेर पनि अड्कलबाजी गरेका छन् ।

तर, ललितपुरमा सोमबार निर्माण पक्षले आयोजना गरेको पत्रकार भेटघाटमा निर्देशक सुब्बाले नामबारे अलिकति स्पष्ट पारे ।

उनले फिल्मको नाम अन्य भन्दा फरक विशेषता भएको धानको नाम ‘मनसरा’ बाट लिएको जानकारी दिँदै अन्योल चिर्ने प्रयास गरे ।

उनले खेती किसानी अनुभव सुनाउँदै भने, ‘मनसरा जातको धानको पराल अन्य जातको भन्दा बलियो हुन्छ । हाम्रोतिर यसको मात्रै ब्याड राख्दा फल्दैन भनेर अरुसँग मिसाउने गरिन्छ, मिसाएरै रोप्ने गरिन्छ ।’

मनसराको यही विशेषतालाई मानव जीवनसँग जोडेर सहज किसिमले फिल्ममा कथा देखाउने प्रयास गरेको निर्देशक सुब्बाले बताए ।

उनले थपे, ‘यही धानको विशेषतासँग हाम्रो मिल्दो कुरा के छ भने हामी समाजमा विभिन्न पृष्ठभूमिसँग मिलेर बसेका छौं, गाह्रो अप्ठयारोमा साथ दिएका छौं । यही कुरालाई मैले फिल्ममा जोडेको छु ।’

त्यसो भए फिल्ममा मनसरा, अर्थात् मुख्य पात्रको भूमिका कसले निर्वाह गरेको छ भन्ने प्रश्नमा उनले घुमारो जवाफ दिए ।

ठ्याक्कै मनसरा यही हो भन्ने जवाफ दिन सायद उनले उचित ठानेनन् । त्यसपछि लेखन/निर्देशनसँगै कूटनीतिक कुरा गर्न पनि थाल्नुभएछ नि ? भन्ने प्रश्नमा उनले हाँस्दै भने, ‘यस्तो प्रश्नले चाहिँ मेरो बोली बन्द हुन्छ ।’

फिल्मका मुख्य पुरुष पात्र प्रवीण खतिवडाले भने मनसराको भूमिकामा मिरुना मगर रहेको सांकेतिक उत्तर दिए । उनले भने, ‘मिरुनाको पात्र केन्द्रित भएको फिल्म छ । त्यसकारण महिला पात्र नै मनसरा हुन् । हामी चाहिँ मिसिन आउने अन्य धान हो जस्तो लाग्छ ।’

उनको भनाइको अर्थ फिल्मको प्रमुख पात्र मिरुना छन्, पात्रको नामबाट भने फिल्मको नामकरण भएको होइन ।

फिल्मको पात्रको कुरा गर्दा नायक दयाहाङ राईले भने आफैँलाई डाहा लाग्ने चरित्र निर्वाह गरेको अनुभव सुनाए । उनले स्पष्ट पार्दै भने, ‘यो मैले पाएको पात्र चाहिँ यो आफैँले गर्न नपाएर हेर्न पाएको भए कति रमाइलो हुन्थ्यो होला भन्ने लाग्छ । यो त्यति डाहा लाग्दो पात्र हो । मलाई यो पात्र हेरेर आनन्द लिन मन छ ।’

त्यस्तै, नायिका मिरुना मगरले भने फिल्ममा छोराको अभिनय गर्ने पात्रसँगको घनिष्टताले नयाँ जन्म पाएको महसुस गराएको अनुभव साटिन् । उनले भनिन्, ‘फिल्ममा छोराको अभिनय गर्ने बाबु नान्छोले चाहिँ मलाई एउटा जन्म दियो । अर्थात् उसले मलाई आमाले महसुस गर्ने सबै कुरा चाहिँ छायांकनमा नजिकबाट नियाल्न दियो ।’

पछिल्लो समय दयाहाङलाई सोधिने ‘सबै फिल्ममा एकै किसिमको अभिनय रहन्छ’ प्रश्नमा चाहिँ उनले रमाइलो जवाफ दिए । उनले जवाफ थियो, ‘पहिला-पहिला कुनै विदेशी गाउँमा आउँदा कहाँको अमेरिकाने आयो भन्ने गरिन्थ्यो । मलाई त्यस्तै हो जस्तो लाग्छ ।’

दयाहाङको यो ठट्यौली जवाफले हलमा हाँसो फैलियो ।

यद्यपि आफूले निर्वाह गरेको भूमिकालाई लिएर आएका प्रतिक्रियाबारे आफू ज्ञात रहेको जनाउँदै उनले थपे, ‘भूमिका उस्तै–उस्तै भयो भन्ने प्रतिक्रिया चाहिँ मसँग आएको छ तर के कारणले उस्तै भयो भन्ने प्रतिक्रिया चाहिँ आएको छैन । यो बारेमा डिटेलमा सुझाव आयो भने मैले आफ्नो प्रयास गर्नेछु ।’

उनले थपे, ‘अन्य फरक पात्र बन्ने जोखिम मैले नलिएको पनि होला त्यो म स्वीकार गर्छु । अहिलेको अवस्थामा मलाई त निर्देशकले दिएको भूमिका नै निर्वाह गरेको हुँ ।’

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : २५ बजे

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको