बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक « Khabarhub

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीलाई पितृशाेक परेकाे छ ।

एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीकाे ८८ वर्षकाे उमेरमा मंगलबार बिहान निधन भएकाे हाे ।

उपनिर्वाचनकाे चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाकाे निधन भएपछि एक दिनलाई प्रचार स्थगित गरिएकाे एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए ।

भण्डारी दुई हप्तादेखि बिरामी थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनकाे अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन् ।

बुधवारदेखि नै चुनावी अभियानलाई निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए।

२०७९ मंसिरको निर्वाचनमा बझाङ-१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहकाे २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा कांग्रेसले उनै पृथ्वीबहादुरका पुत्र अभिषेक सिंहलाई दिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ३२ बजे

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।