ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने « Khabarhub

ललितपुरको महांकालमा प्रज्ञा स्मृति भलिबल प्रतियोगिता हुने


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ ।

ललितपुरको महाङ्काल गाउँपालिकामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिमा मंगलबार भएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक डोल्मा माया गोलेले प्रतियोगिता सम्पन्न गर्न जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको जानकारी दिइन् ।

प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सह-आयोजक छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्री कार्यालय निजी सचिवालयका सदस्य शान्ता कुमार दराईले युवाहरुमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउन प्रतिष्ठानले खेलकुद लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दहाल र छोरी ज्ञानु दहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो ।

प्रतिष्ठानले स्थापनाकालदेखि नै खेलकुद लगायत कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ ।

यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १/१ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार छ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ ।

यो भलिबल प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायत नेतृत्वलाई ल्याउने तयारी गरिएको छ।

यस क्षेत्रका महांकाल, कोन्ज्योसोम र बागमती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने आयोजकको विश्वास  छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १ : ३१ बजे

कोशी सरकारबाट कांग्रेसका ५ मन्त्रीले दिए सामूहिक राजीनामा

विराटनगर – कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्री

निर्वाचन प्रहरीको खरिद कागजात पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं– संसदीय समितिले निर्वाचन प्रहरीको पोशाक एवं अन्य सामग्री खरिद

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

सिरहा– पाँच वर्षअघि सङ्घीय सरकारको ७० प्रतिशत र लहान नगरपालिकाको

सौगात–दयाहाङको एकपछि अर्को फिल्म फ्लप, ‘लुट’को ब्याजले कहिलेसम्म धान्ला ?

काठमाडौं – निर्देशक सौरभ चौधरी मेघा बजेट फिल्म ‘साम्राज्य’ बनाउने

बाजागाजा र सांस्कृतिक झाँकीसहित देउवालाई स्वागत गर्दै कांग्रेस इतर पक्ष

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र