सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा « Khabarhub

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको हकहितमा काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले देशको समृद्धिको मुख्य आधार निजी क्षेत्र हो भन्ने कुरालाई स्वीकार गरी सरकारले व्यवसायीको हकहितमा काम गर्न सकेमा मात्र देश विकास सम्भव रहेको बताएका हुन्  ।

उनले भने, ‘बैंक तथा वित्तिय संस्थाको ब्याजदर चर्को छ, अर्थतन्त्रमा देखिएको संकटका कारण देशमा उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुन सकिरहेका छैनन् र यसको मार साना व्यवसायीहरुमा झन् बढी परेको छ भन्दै यस्तो अवस्थामा राजनीतिक दुरदर्शिता आवश्यक छ र सरकारले रातभर सुत्न नसकेका व्यवसायीहरुलाई सहुलियत पुग्नेगरि काम गरिदिनुपर्छ ।’

नेपाली युवा विदेश पलायन भएको चर्चा हुने गरेपनि व्यवसायीहरूले आफ्ना व्यवसाय छोडेर विदेश पलायन हुनुपर्ने अवस्थाका बारेमा भने कुनै चर्चा नभएको उनको भनाइ छ । मेडिकल व्यवसायी रहेका उनले गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउँनुपर्नेमा पनि जोड दिए। 

उनले अहिले देशका व्यवसायीहरुमा छाएको निराशाको अन्त्य गरी उनीहरूलाई हौसला प्रदान गर्ने खालको व्यवसायमैत्री नीति अख्तियार नगर्ने हो भने मुलुकको अर्थतन्त्रमा झन् ठूलो समस्या उत्पन्न हुने पनि बताए ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति एवं काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग २४सै घण्टा खुलेको र यहाँको सुरक्षा अवस्थालाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४सै घण्टा खोल्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले होटल क्षेत्रमा कार्यरत श्रमिकलाई अगाडि बढाउनका लागि होटल व्यवसायीले सहयोग गर्नुपर्ने उल्लेख गरे ।

सो कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसियसन अफ नेपालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सीताराम केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, राष्ट्रिय होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङ, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्म भण्डारीलगायतले होटल व्यवसायलाई मर्यादित र व्यवस्थित ढङ्गले अगाडि बढाउनका लागि लोकतान्त्रिक होटल व्यवसायी सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसबाट विसं २०७९ साउन २ गते शुभेच्छुक संस्थाको मान्यता पाएको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले हाल देशभरका ३० भन्दाबढी जिल्लामा तदर्थ समिति विस्तार गरिसकेको सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले जानकारी दिए।

त्यसअवसरमा होटल व्यवसायीहरूलाई उपचारमा छुटसम्बन्धी सम्झौता पनि भएको थियो । सो सम्झौताअनुसार डा शर्मा अध्यक्ष रहेको काठमाडौँ मेडिकल कलेजलगायत अन्य अस्पतालमा उपचार गर्न जाने होटल व्यवसायीलाई विशेष छुट दिइने व्यवस्था छ । 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : १२ बजे

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं– नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने