जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो… « Khabarhub

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा परेका छन् ।

सोमबार सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका असई मोहनसिंह रावलले चेकजाँच गर्दा बन्दुकबाट गोली निस्किएपछि निलम्बनमा परेका हुन् ।

असई रावलको हातमा रहेको बन्दुकबाट अचानक गोली चल्दा एकजना सिपाहीं घाइते भएका छन् ।  यही वैशाख १५ गते हुन लागेको प्रदेश सभा सदस्यको उपनिर्वाचनको सुरक्षा व्यवस्था तयारीका क्रममा असई रावलले हतियार चेकजाँच गर्दै थिए ।

अचानक बन्दुकबाट गोली चलेपछि प्रहरी जवान पुदल सिंह राना घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । उक्त बन्दुक उनै जवान रानाले असई रावललाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका एक अधिकृतले हतियारको अवस्था चेकजाँच गर्दा तलमाथि भएर घटना भएको बताएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ३६ बजे

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ