गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया    « Khabarhub

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार चार सय आठ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । 

त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका पाँच हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिनुभयो । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् । 

नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप तीन वटा आँखा अस्पताल, दुई वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीले भनाइ छ । 

अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक चार सयको हाराहारीमा बिरामी आउने गरेकोमा त्यसमध्ये ३० प्रतिशत भारतीय तथा शल्यक्रियाका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेका छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिए। 

अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ । 

गत आवमा सो अस्पतालबाट दुई लाख ७० हजार चार सय ९६ जनाले उपचार सेवा लिएकामा २४ हजार सात सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ३२ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको