कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक « Khabarhub

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज मंगलबार अपरान्ह काठमाडौंमा अवतरण हुने भएपछि सडक खाली गरिएको छ ।

भ्रमणलाई व्यवस्थित र सफल बनाउन सुरक्षा व्यवस्थालाई चुस्त पार्ने भन्दै प्रहरीले त्रिभुवन विमानस्थलदेखि शीतल निवास र सोल्टीमोडसम्मको सडक खाली गरेको हो ।

रष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।

अमिर शेखको भ्रमणभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बानेश्वर- शीतल निवास र शीतल निवासदेखि सोल्टीमोडसम्मको सडक खाली गरिँदैछ ।

अहिले त्रिभुवन विमानस्थलबाट शीतल निवाससम्म पुग्ने मुख्य सडकमा निजी सवारी चल्न रोक लगाइएको छ ।

कतारी शेखलाई विमानस्थलमा स्वागत गरेर राष्ट्रपति पौडेलले सिधै शीतल निवास लानेछन् । त्यहाँ दुईजनाबीच औपचारिक भेटवार्ता हुनेछ ।

शीतल निवासमा भेट सकेपछि कतारी शेख त्यहाँबाट सिधै सोल्टीमोडस्थित होटल सोल्टीमा पुग्नेछन् । त्यहीकारण यी दुईजना भीआईपीको कारगेटबाहेक अन्य सबै सवारीलाई यी रुटमा निषेध गरिएको हो ।

सरकारले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार कतारका राजालाई ‘अति विशिष्टस्तरको सुरक्षा’ दिने निर्णय गरेको  छ । त्यही निर्णयअनुसार ट्राफिक महाशाखाले उपत्यकाका मुख्य दुई रुटका सडक पूरै खाली गरेको हो । मुख्य रुट नै अवरुद्ध भएपछि मंगलबार रातिसम्मै ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने महाशाखाले जनाएको छ ।

भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँड गरिएको छ ।

सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५-१५ मिनेट स्थगित गरिने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ३ : ५० बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको