शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन « Khabarhub

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् ।

उनले सुशासन सिकाउने राष्ट्रिय स्वतन्त्र पार्टी र उसका सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएको बताए । लामिछाने मुछिएको प्रकरणमा संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै कोइरालाले सरकारलाई प्रश्न गरे ।

मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई जिताउनुस्, इलाम -२ को विकासको जिम्मा लिन्छु ।’

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए ।

कांग्रेस सधै पहिचान पहुँच र प्रतिनिधित्वको पक्षमा भएको भन्दै उनले कांग्रेसबाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न भने ।

उनले पहिचान चाहानेहरूले कांग्रेस उम्मेदवार खड्कालाई मत दिनुपर्ने उल्लेख गरे ।

‘गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु बिराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ ,’ उनले भने, ‘अर्को कुरा प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको कुरा तपाईं सबैलाई थाहा नै छ ।’

सम्बोधनका क्रममा उनले अन्य दलहरू आफ्नो दल र नेताभन्दा माथि उठ्न नसकेका बताए । तर कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन् भन्ने कुरा लिएर हिँडेको उल्लेख गरे ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधान पहल गर्ने, चियाबगानका श्रमिकहरूका लागि समान ज्याला र उनीहरूको हकहितमा काम गर्ने प्रतिवद्धता जनाए ।

चुलाचुलीमा कांग्रेसकै पहलमा छिटोभन्दा भन्दा छिटो मालपोत कार्यलय र नापी कार्यलय आउने पनि बताए । उनले चुलाचुली-६ को ‘साक्फारा सडक’ र सदरमुकाम जोड्ने ‘चुलाचुली-महमाई सडक’ निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचनलगत्तै सुरु हुने प्रतिवद्धता गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ५ : ३८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार