कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा « Khabarhub

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा



काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा छ । तर, सानो व्यापारमा पनि नेपालले तुलनात्मक ठूलो घाटा ब्यहोर्दै आएको छ ।

पछिल्लो १० वर्षको तथ्यांक तुलना गर्दा आर्थिक वर्ष २०७०/७१ मा ११ लाख रुपैयाँमा सीमित रहेको नेपाल-कतार व्यापार गत आर्थिक वर्षसम्म आइपुग्दा झण्डै साढे १३ अर्ब रुपैयाँ नजिक पुगेको थियो । त्यस्तै चालु आवको चैत मसान्तसम्म डेढ अर्ब रुपैयाँ बढीको द्विपक्षीय व्यापार भएको छ ।

भन्सार विभागको चालु आवको ९ महिना अर्थात् चैत मसान्तसम्म कतारबाट नेपालले १ अर्ब ५३ करोड ५१ लाख ६७ हजार रुपैयाँको विभिन्न वस्तु आयात गरेको छ । त्यस्तै सोही अवधिमा नेपालबाट कतारमा ९ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात भएको छ ।

समीक्षा अवधिमा कतारसँग भएको कूल व्यापारमा नेपाललाई १ अर्ब ४४ करोड ३२ लाख २८ हजार रुपैयाँ व्यापार घाटा भएको देखिन्छ ।

त्यस्तै, अघिल्लो आव ०७९/८० मा नेपालले कतारबाट १३ अर्ब ३० करोड ६९ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु आयात र ११ करोड ६ लाख ८८ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

सो आर्थिक वर्षमा मा कतारसँग भएको कूल व्यापारमा नेपालले १३ अर्ब १९ करोड ६२ लाख २८ हजार रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो ।

नेपालका लाखौं युवाहरूलाई कतारले रोजगारी अवसर दिएको छ । पछिल्ला वर्ष कतार नेपाली प्रवासी श्रमिकहरूको मुख्य श्रम गन्तव्य बनेको छ ।

विश्व आर्थिक मञ्‍चमा पछिल्लो समय निरन्तर विकासको उकालो मार्ग पछ्याइरहेको कतारमा निर्यात सम्भावना व्यापक भए पनि नेपालले भने त्यसलाई पक्रन नसकेको तथ्यांकले देखाएको छ ।

मंगलबार कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी राजकीय भ्रमण क्रममा नेपाल आएका छन् । नेपालबाट निर्यात सम्भावना भएका वस्तुहरू निर्यात सहजीकरणबारे सरकारले उचित छलफल गर्न सके त्यसको लाभ नेपाली उत्पादक तथा निर्यातकर्ताहरूले प्राप्त गर्न सक्ने देखिन्छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ३४ बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र