मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा | Khabarhub Khabarhub

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर फाइनलअन्तर्गत तेस्रो खेलमा मोरङको डाँगीहाट युथ क्लबलाई हराउँदै सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा पुगेको छ ।

डाँगीहाटलाई शून्यका विरुद्ध ४ गोल गर्दै सिरहा सेमिफाइनल पुगेको हो । हारसँगै डाँगीहाट घर फर्किएको छ ।

सहलेसका लागि खेलको २६ औँ र ७५ औँ मिनेटमा स्टेफन विनोङले गोल गरे ।

यस्तै सप्तरीकै विदेशी खेलाडी फोर्ड फोफोनाले खेलको ५१ औँ मिनेटमा र आदित्य शाक्यले ८६ औँ मिनेटमा गोल गरे । डाँगीहाटले कयौँ पटक पोस्टचार्ज गरे पनि गोलमा असफल रह्यो ।

खेलमा म्यानअफ द म्याच सिरहाका स्टेफन विनोङ भए । उनलाई नगद ५ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।

बुधबार क्वाटरफाईनलको अन्तिम खेल चर्च ब्वाइज युनाइटेड र आयोजक जिल्ला फुटबल संघ भोजपुरबीच हुनेछ । प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः नगद ५ लाख र ३ लाख पाउने छन् ।

भोजपुर रंगशालामा जारी प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ०८ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना